default_image

5 years ago

August 29, 2020

कम्युनिटी सिल्ड : लिभरपुल र आर्सनल भिड्दै

182 views

0 Bookmark

एजेन्सी – इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने प्रतिष्ठित कम्युनिटी सिल्डका लागि आज राति प्रिमियर लिग च्याम्पियन लिभरपुल र एफए कप च्याम्पियन आर्सनलबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी सिल्डको फाइनलमा खेल्ने परम्परा रहेको छ । वेम्बली स्टेडियममा हुने फाइनल नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । दुवै टोली सिजनको उपाधिसहित नयाँ सिजन सुरुवात गर्ने दाउमा हुनेछन् ।

लिभरपुल गत सिजन कम्युनिटी सिल्डमा म्यानचेस्टर सिटीसँग पराजित भएको थियो । लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको च्याम्पियन बन्दा आर्सनलले एफए कपको फाइनलमा लन्डन क्लब चेल्सीलाई पराजित गर्दै कीर्तिमानी १४औं पटक एफए कपको उपाधि जितेको थियो ।

कम्युनिटी सिल्डमा लिभरपुल र आर्सनल चौथोपटक खेल्न लागेका हुन् । यसअघिका तीन भेटमा दुई खेल लिभरपुलले तथा एक खेल आर्सनलले जितेको छ । यि दुई बीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

लिग च्याम्पियन लिभरपुलका लागि साडियो माने, मोहम्मद सलह, जिओर्जिनियो वाइनाल्डम, एन्ड्रु रोबर्टसन, भर्जिल भान डाइक र गोलरक्षक एलिसन बेकर आर्सनलविरुद्ध मैदान उत्रनेछ । रोबर्टाे फिर्मिनोले खेल्नेमा शंका रहँदा युवा फरवार्ड रियन ब्रेस्टरले पहिलो रोजाईमा मौका पाउन सक्नेछन् ।

यता, भर्खरै चेल्सी छाडेर फ्रि एजेन्ट बन्दै आर्सनल पुगेका ब्राजिली विंगर विलियनले आर्सनलबाट डेब्यु गर्ने सम्भावना छ । कप्तान पिएरे इमरिक औवामियाङ, ग्रानिट झाका, बुकायो साका, डेभिड लुइज र बर्न्ड लेनोले लिभरपुलविरुद्ध खेल्नेछन् ।

यि दुई टोलीो पछिल्लो २२ भेटमा लिभरपुल ७ पटक तथा आर्सनल ६ पटक विजयी भएका छन् । ९ खेल बराबरीमा सकिएको छ । पछिल्लोपटक गत जुलाईमा आर्सनलले प्रिमियर लिगमा २–१ को जित निकालेको थियो । लिभरपुल पछिल्लो चार खेलमा तथा आसर्नल पछिल्लो दुई खेलमा अपराजित छ ।

दुवै टोलीले समान १५–१५ पटक यस उपाधि जितेका छन् । पछिल्लो दुई संस्करण म्यानचेस्टर सिटी च्याम्पियन बनेको थियो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.