default_image

5 years ago

August 29, 2020

वेर्नरको गोल, चेल्सी रोकियो

164 views

0 Bookmark

एजेन्सी – जर्मन फरवार्ड टिमो वेर्नरले चेल्सीको लागि डेब्यु खेल खेल्दै पहिलो गोल गरेपनि लन्डन क्लब चेल्सी प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बराबरीमा रोकिएको छ ।

लन्डन क्लब चेल्सी प्रिमियर लिग प्रतिद्वन्द्वी ब्राइटनसँग १–१ गोलको बराबरीमा रोकिएको हो । अन्तिम समय सम्हालिन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य बनेको हो । चेल्सीका लागि वेर्नरले गोल गर्दाै ब्राइटनका पास्कल ग्रसले बराबरी गोल फर्काएका थिए ।

खेलको चौथो मिनेटमा नै नयाँ खेलाडी वेर्नरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । क्रसमा आएको बललाई कुलम हड्सन ओडोईले अफसाइड बिट ट्रयाप गर्दै हेडमार्फत मिलाइदिएको पासलाई वेर्नरले वान टचमा जाली चुमाएका थिए ।

वेर्नर यसै सिजनको समाप्तिसँगै जर्मन क्लब आरबी लाइप्जिगबाट ५३ मिलियन पाउन्डमा चेल्सी पुगेका थिए । यस्तै यसै सिजन डच क्लब आयाक्सबाट अनुबन्धित भएका हाकिम जियाचले पनि चेल्सीबाट ‘डेब्यु’ गरे ।

क्लबका पहिलो रोजाईका खेलाडीहरु क्रिस्टियन पुलिसिस, इमर्सन, फिकायो तोमोरी, जर्गिन्हो, मासन माउन्ट, रस बार्कली र टम्मी अब्राहम कोरोना भाइरस संक्रमणको आशंकामा सेल्फ आइसोलेसनमा रहँदा चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डलाई दवाव देखिएको थियो ।

तर, पनि खेलमा चेल्सीले नै बल पोजेसनमा पकड बनाएपनि इन्ज्युरी समयमा ब्राइटनले पेनाल्टीमार्फत बराबरी गोल फर्काउन सफल भयो । पास्कल ग्रसले पेनाल्टीमा गोल गर्दै टोलीलाई हारबाट जोगाए ।

युरोपियन क्लब फुटबलको नयाँ सिजन शुरु हुनुअघि क्लबहरु तयारी स्वरुप अभ्यास खेल खेलिरहेको छ । इंग्लिस प्रिमियर लिग १२ सेप्टेम्वरबाट शुरु हुदा चेल्सीले १४ सेप्टेम्वरमा ब्राइटनसँग नै खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।

यस्तै अर्काे खेलमा टोटेनहमले बर्मिङघममाथि १–० को जित निकालेको छ । टोटेनहमको जितमा स्टेभेन बर्गवाइनले ८९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.