5 years ago
August 30, 2020
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र कप्तान लियोनल मेस्सीबीच अहिले सम्बन्धमा हार्दिकता छैन । उनीहरुबीच पछिल्लो समय छलफल भएको देखिदैन ।

अर्जेन्टिना सुपर स्टारले क्लब छाड्न चाहेको पत्रमार्फत जानकारी दिइसकेका छन् । मेस्सी नयाँ क्लब जान चाहिरहेका छन् । तर, क्लबसँग उनको अझै एक वर्ष सम्झौता रहेको छ । अध्यक्ष बार्टोमेउ सकेसम्म मेस्सीलाई फकाउने र त्यसमा असफल भएपनि सम्झौता टुंगिएपछि मात्र अन्यत्र जान सक्ने बताइएरहेका छन् ।
नयाँ सिजन सुरु हुन अब केहि दिन मात्र बाँकी छ । तर, मेस्सीको विषय टुंगो लागिरहेको छैन । ‘दुई वर्षअघि हामी र मेस्सीबीच सम्झौता भएको थियो । त्यो सम्झौता चार वर्षका लागि भएको थियो,’ बार्टोमेउले भने,’ उनको अझै एक सिजन बाँकी छ । २०२१-२२, को सिजन सुरु हुनु अघि उनले क्लब छाड्न वा फुटबल छाड्न वा अन्त जान सक्छन् ।’
मेस्सीसँगको सन्दर्भमा कुराकानी गर्दा उनले विगतमा अन्य खेलाडीको प्रसंग स्मरण गरे । ‘जाभी, इनियस्टा, पुयोलले अन्तिम पटक सम्झौता गर्दा पनि त्यस्तै थियो,’ बार्सिलोना अध्यक्षले भने, ‘यसरी सम्झौता गरेका खेलाडी अन्य क्लबमा जान्छन् भन्ने लाग्दैन । उनीहरुसँग आफ्नो स्वतन्त्रता छ । उनीहरुलाई आफ्नो भविष्यको निर्णय गर्ने सुविधा छ । वा जति बेला चाहन्छन् फुटबल छाड्न सक्छन् ।’

पछिल्लो परिस्थिति जे जस्तो भएपछि मेस्सीले बार्सिलोनाबाट खेल्नेमा बार्टोमेउले विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘२०२१ सम्म मात्र होइन त्यो भन्दा पनि अरु धेरै बर्ष यहिबाट खेल्छन् भन्नेमा म आशावादी छु ।’
तर, अर्कोतर्फ मेस्सी भने बार्टोमेउसँग भेट्न चाहिरहेका छ्रैनन् । क्लब छाड्ने विषयमा बोर्टोमेउ पनि उनीसँग छलफल गर्ने मनस्थितिमा छैनन् । उनी मेस्सीसँग थप सम्झौताका लागि कुरा गर्न तयार रहेको अन्यथा अन्य क्लबले उनलाई किन्न ७ सय मिलियन युरो तिर्नुपर्नेमा उनी प्रष्ट छन् ।
यसका वावजुद मेस्सी आइतबार क्लबको पिसिआर परिक्षण र सोमबार प्रशिक्षणमा सामेल हुने अन्यौलमा छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]