5 years ago
August 29, 2020
एजेन्सी – इंग्लिस सिजनको सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको छ । लिभरपुललाई टाइब्रेकरमा ५-४ ले पराजित गर्दै आर्सनलले उपाधिसहित नयाँ सिजनको सुरुवात गरेको हो ।

वेम्बली रंगशालामा आर्सनलले खेलको पहिलो हाफमा कप्तान पिएर एमेरिक औबामेयाङको गोलमा अग्रता लिएको थियो । औबामेयाङले खेलको १२ औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । उनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले बचाउने कुनै अवसर पाएनन् ।
दोस्रो हाफमा लिभरपुलले खेल बराबरी गरेको थियो । वैकल्पिक खेलाडी ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए । उनले पेनाल्टी क्षेत्रभित्र आर्सनलका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई गोलमा परिणत गरेका थिए । मोहमद सलाहले अगाडि बढाएको बल भिडभाडमा क्लियर हुन नसक्दा मिनामिनोले पेनाल्टी क्षेत्र भित्रबाट सहजै गोल गरे ।
निर्धारित ९० मिनेटमा खेल १-१ को बराबरी भएपछि टाइब्रेकरमा खेलको नतिजा लिइएको थियो । दुवै टोलीका खेलाडीले सुरुवाती दुई पेनाल्टीमा गल्ति गरेनन् । लिभरपुलका मोहमद सलाह र फाबिन्होले गोल गर्दा आर्सनलका राइस नेल्सन र एन्सले मेटल्यान्ड नाइल्सले गोलरक्षकलाई बिट गरे ।

लिभरपुलको तेस्रो प्रहार गर्न आएका युवा फरवार्ड रियन ब्रेस्टरको प्रहार क्रसबारमा लाग्दै बाहिरीएपछि आर्सनलले अग्रता लिन अवसर पायो । उक्त अवसरलाई सेड्रीक सोआरेसले गोल गर्दै सदुपयोग गरे । त्यसपछि मिनामिनो र कर्टिस जोन्सले गोल गरेपनि आर्सनलका डेविड लुइज र औबामेयाङले गोल गर्दै आर्सनलको जित पक्का गरे ।
आर्सनलले १६ औं पटक कम्युनिटी सिल्ड उपाधि जितेको हो । केहि साताअघि मात्र गत सिजनको एफए कप उपाधि जितेको आर्सनलले मिकेल आर्टेटाको आगमनसँगै लगातार सफलता हासिल गरेको हो । प्रिमियर लिग च्याम्पियन लिभरपुल भने लगातार दोस्रो सिजन कम्युनिटी सिल्डमा अभागी सावित भयो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]