default_image

5 years ago

August 30, 2020

रियलका ओस्कार सेभिल्लामा अनुबन्धित

141 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब सेभिल्लाले रियल म्याड्रिडका आक्रामक मिडफिल्डर ओस्कार रोड्रिग्वेजलाई क्लबमा अनुबन्ध गरेको छ ।

दुई सिजन लोनमा स्पेनिस क्लब लेगानेसमा बिताएका २२ वर्षीय रोड्रिग्वेजलाई ५ वर्षको लागि सेभिल्लाले क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै स्पेनिस मिडफिल्डर ओस्कार २०२५ को अन्त्यसम्म सेभिल्लामा रहनेछन् ।

ओस्कार १३.५ मिलियन युरोमा रमन सान्चेज पिजुवानमा आउन सहमत भएका हुन् । जसमा ७५ प्रतिशत ओस्कारले तथा २५ प्रतिशत रियलले प्राप्त गर्नेछन् । रियल म्याड्रिडको एकेडेमीमा हुर्किएका रोड्रिग्वेजले २ सिजन लेगानेसमा बिताउँदै ६४ खेलमा १३ गोल गरेका थिए ।

ओस्कार सन् २००९ मा रियल म्याड्रिडमा जोडिएका थिए । त्यसयता, २०१७ सम्म एकेडेमीमा बसेका रोड्रिग्वेजले रियलको ‘बी’ टिममा एक सिजन खेलेपछि लोनमा लेगानेस पुगेका थिए । जुलियन लोपेटेगुईको प्रशिक्षणमा यो सिजनको युरोपा लिग च्याम्पियन बनेको सेभिल्लामा आएका उनले अर्काे सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

स्पेनको यु–१६ देखि यु–१९ को टोलीबाट प्रतिनिधित्व गरिसकेका रोड्रिग्वेजलाई स्पेनका प्रशिक्षक लुइस इनरिकेले सिनियर टोलीमा समेत समावेश गरेको छ । उनी सेप्टेम्बर पहिलो साता हुने युइएफए नेसन्स लिगको दुई खेल (जर्मनी र युक्रेन) विरुद्धको खेलको लागि पहिलोपटक सिनियर टोलीमा समावेश भएका छन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.