default_image

5 years ago

August 30, 2020

मेस्सी पिसिआर परिक्षणमा सामेल नहुने

148 views

0 Bookmark

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका खेलाडीका लागि तय भएको कोरोना भाइरस कोभिड १९ पिसिआर परिक्षणमा सामेल नहुने निर्णय गरेका छन् । आइतबार क्लबका खेलाडीको परिक्षण र सोमबारबाट प्रि सिजन तयारी सुरु गर्ने बताइएको छ ।

मेस्सीले गत साता क्लब छाड्न चाहेको पत्र पठाएयता क्लब र उनीबीचको सम्बन्ध थप चिसिएको छ । उनको सरुवाका विषयमा क्लब छलफल गर्न तयार नभएपछि उनी पिसिआर परिक्षणमा सामेल नहुने निर्णयमा पुगेको अनुमान गरएको छ ।

मेस्सीले आइतबार हुने परिक्षणमा आफु सामेल नहुने क्लबलाई जानकारी गराइसकेको बताइएको छ । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा टोलीले सोमबारबाट तयारी सुरु गर्दैछ । क्लबसँग सम्बन्ध राम्रो नभएपनि मेस्सी प्रि सिजन तयारीमा सामेल हुने अपेक्षा गरेको छ ।

यसअघि मेस्सी परिक्षण र तयारी दुवैमा सामेल हुने बताइएको थियो । एक वर्ष सम्झौता बाँकी रहँदा मेस्सीले क्लब छाड्न चाहेका छन् । तर, क्लब भने उनलाई मनाउने प्रयासमा छ । क्लब छाड्नका लागि ७ सय मिलियन युरोको रिलिज क्लज तिर्न कोहि तयार नहुने आशामा बार्सिलोना रहेको छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.