5 years ago
August 30, 2020
एजेन्सी – आफ्नो पहिला रोजाईका दर्जन खेलाडीविनै स्पेनिस च्याम्पियन रियल म्याड्रिडले नयाँ सिजनको लागि सोमबारदेखि प्रशिक्षण सुरुवात गर्दैछ ।

प्रशिक्षण सुरुवातको लागि रियलले आफ्ना खेलाडीहरुको कोरोना परिक्षण भइसकेको छ । पहिलो दिनको प्रशिक्षणमा रियलको पहिलो रोजाईका १२ खेलाडीमात्रै उपलब्ध हुने प्रशिक्षक जिनेदिन जिदानले बताएका छन् । रियलका पहिलो टोलीका अन्य १३ खेलाडी अन्तर्राष्ट्रिय ड्युटीमा रहनेछन् । स्पेनिस ला लिगा तीन सातापछि शुरु हुदैछ ।
प्रशिक्षणमा उपलब्ध हुने पहिलो रोजाईका १२ खेलाडी
मार्सेलो, इडर मिलिटाओ, नाचो फर्नान्डेज, क्यासमिरो, लुका मोड्रिच, फेडरिको भाल्भेर्डे, इस्को, करिम बेन्जेमा, भिनिसियस जुनियर, रोड्रिगो गोइस, मार्टिन ओडेगार्ड र लुकास भास्क्वेज छन् । यि सबै खेलाडीको कोरोना नेगेटिभ आएको छ । यसमध्ये चोटका कारण मार्टिन ओडेगार्ड टोलीको प्रशिक्षणमा सामेल हुने नहुने पक्का भएको छैन ।
अन्तर्राष्ट्रिय ड्युटीमा १३ खेलाडी
नर्वेजियन मिडफिल्डर मार्टिन ओडेगार्डलाई नर्वेले सेप्टेम्वरको दुई खेलका लागि टोलीमा समावेश गरेको छैन । उनी रियलको प्रशिक्षणमा सामेल हुनेछन् । थिवाउट कोर्टुवा, इडेन हाजार्ड, सर्जियो रामोस, ड्यानी कार्भाजल, मार्काे एसेन्सियो, सर्जियो रिगुइलन, ओस्कार रोड्रिग्वेज, एन्ड्री लुनिन, फर्लान्ड मेन्डी, राफयल भरान, टोनी क्रुस, ग्यारेथ बेल र लुका जोभिक युइएफए नेसन्स लिगका लागि आ–आफ्नो राष्ट्रबाट अन्तर्राष्ट्रिय ड्युटीमा छन् ।

अनिश्चित ६ खेलाडी
रियलमा सानो खेलाडीको समुह छ । जसो रियलमा भविष्य अनिश्चित छ । यद्दपि यि ६ खेलाडीहरुमध्येबाट केही खेलाडीले जिदानको साथ रियलबाट सामान्य सिजन सुरुवात गर्न सक्नेछन् । मारियनो डियाज, ड्यानी सेवालस, बोर्जा मायोरल, अल्भारो ओर्डिजोला, हामेस रोड्रिग्वेज र ब्राहिम डियाज ।
११ युवा प्रतिभावन् खेलाडी
प्रशिक्षक जिनेदिन जिदानले एक साताअघि युइएफए युथ लिग जित्न सफल टोलीका केही खेलाडीलाई सिनियर टोलीसँग प्रशिक्षणको लागि बोलाएको छ । गोलरक्षक लुइस लोपेज, टोनी फुयडियस, राइटब्याक सर्जियो सान्तोस, सेन्टर ब्याक भिक्टर चुस्ट, राइट ब्याक मिगुएल गुटेरेज, मिडफिल्डर एन्टेनियो ब्लान्को, इभान मोरन्ते, सर्जियो अरिवस, मार्विन पार्क र फरवार्ड नुआन्मी लतासा रहेका छन् । यस्तै कास्टिलाका जाभी हर्नान्डेज पनि रियलको सिनियर टोलीको प्रशिक्षणमा सामेल हुनेछन् ।

कोचिङ स्टाफ यथावत
प्रशिक्षक जिनेदिन जिदानले अघिल्लो सिजनमा जस्तै यो सिजनको लागि कोचिङ स्टाफमा कुनै परिवर्तन गरेका छैनन् । जसमा सहायक प्रशिक्षकमा डेभिड बेट्टोनी र हमिदौ मसेदिया, फिटनेस कोचमा ग्रेगरी डुपोन्ट र गोलकिपिङ प्रशिक्षकमा रोबर्टाे भाज्क्वेज यथावत् छन् ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]