5 years ago
August 30, 2020
एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज ला लिगा च्याम्पियन टोली रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टन जाने सम्भावना बढेको छ ।

कोलम्बियन स्टार रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा नयाँ सिजनमा पनि पर्ने सम्भावना कम भएकोले उनले प्रिमियर लिगतर्फ जान चाहेको बताइएको छ । अघिल्लो सिजन ला लिगा जित्दा रोड्रिग्वेजले खेल्ने खासै मौका पाएनन् ।
रोड्रिग्वेजले अर्को साता एभर्टनमा मेडिकल जाँच गराउने सम्भावना छ । उनी २५ देखि ३० मिलियन युरोमा सरुवा हुन सक्ने अनुमान गरिएको छ । रियलले आफ्नो योजनामा नरहेका कारण हामेस आफैंलाई क्लब छनोट गर्न सुझाव दिएको थियो । सन् २०१४ विश्व कपमा चर्चामा रहेको रोड्रिग्वेजले यसअघि पनि कार्लो एन्सेलोटीको प्रशिक्षणमा खेलिसकेका छन् ।

रियलमा हुँदा एन्सेलोटीले उनलाई पहिलो रोजाईमा खेलाउने गरेका थिए । रोड्रिग्वेज र एन्सेलोटीको सहकार्य बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखमा पनि भएको थियो । रोड्रिग्वेज रियलबाट लोनमा बार्यन जाँदा त्यहाँ एन्सेलोटी प्रशिक्षक थिए । यदि अहिलेको चर्चा सफल भएमा एकपटक फेरि एन्सेलोटी र रोड्रिग्वेजबीच सहकार्य हुने भएको छ ।
हामेसले पछिल्लो सिजनको अन्त्यतिर टोलीमा अवसर नपाएपछि आफैं टोलीबाहिर रहने निर्णय लिएका थिए । प्रशिक्षक जिदानले पनि उनको निर्णयको सम्मान गर्दै उनलाई आफ्नो योजनामा समेटेनन् । जिदानले आफूलाई पर्याप्त अवसर नदिएको हामेसको चित्त दुखाइ थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]