5 years ago
August 30, 2020
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको क्लब छाड्ने विषयमा नयाँ मोड आएको छ । ला लिगाले यदि मेस्सीले बार्सिलोना छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

मेस्सीले यसअघि क्लबलाई पत्र लेख्दै सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले यसो हुँदा विना कुनै ट्रान्सफर रकम अन्य क्लबमा सरुवा हुन पाउँथे । क्लबसँग सन् २०२१ सम्म सम्झौता भएपनि मेस्सीले गत साता क्लब छाड्ने अनुमति दिनका लागि पत्र लेखेका थिए । तर क्लब भने उनीसँग यो विषयमा कुनै छलफल गर्ने पक्षमा छैन ।
मेस्सीले जुन १० सम्म क्लब छाड्न पाउने प्रावधान भएपनि सिजन लम्बिँदा त्यो सम्भव हुन सकेन । मेस्सीले कोरोनाका कारण सिजन लम्बिएकै आडमा सम्झौता रद्द गर्ने माग राखेका थिए ।
अहिले ला लिगाको विज्ञप्तीले बार्सिलोनालाई भने राहत मिलेको छ । ला लिगाले रिलिज क्लबको रकम तिरेको खण्डमा मात्र क्लब छाड्न सक्ने प्रष्ट पारेको छ । मेस्सीको रिलिज क्लब ७ सय मिलियन युरो रहेको छ ।
ला लिगाको विज्ञप्तीलाई बार्सिलोनालाई राहत मिल्दा मेस्सीका लागि भने केहि कठिन देखिएको छ । ला लिगाको विज्ञप्तीका बारेमा मेस्सीको प्रतिक्रिया के आउँछ त्यो भने हेर्न बाँकी छ ।
यद्यपि अब बार्सिलोनाले अन्य क्लबसँग सहमति गर्ने हो भने रिलिज क्लवको पूरा रकम तिर्नुपर्नेछ भन्ने अनिवार्य भने छैन । दुई क्लबबीच सहमति र मेस्सीले नयाँ क्लबसँग सम्झौता गर्न राजी भएको अवस्थामा ट्रान्सफर सम्भव हुनेछ ।
मेस्सी आइतबार टोलीका अन्य खेलाडीको कोभिड १९ को पिसिआर टेष्टमा सामेल भएनन् । सोमबारदेखि सुरु हुने प्रि सिजन तयारीमा मेस्सी समावेश हुने सम्भावना न्यून छ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]