default_image

5 years ago

August 31, 2020

लियोनलाई महिला च्याम्पियन्स लिग उपाधि

135 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब लियोनले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मन क्लब वल्फ्सबर्गलाई ३-१ ले पराजित गर्दै लियोन कीर्तिमानी सातौंपटक उपाधि जित्न सफल रहयो ।

लियोनले खेलको २५ अौं मिनेटमा इउजिन ले सोम्मरको गोलमा अग्रता बनाएको थियो । पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जापानी मिडफिल्डर साकी कुमागाइले गोल गर्दै लियोनको अग्रता दोब्बर पारिन् ।

दोस्रो हाफमा वल्फ्सबर्गले केहि सुधारिएको प्रदर्शन गर्यो । नतिजा स्वरुप एलेक्जेन्डर पपले ५५ अौं मिनेटमा हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याइन् । त्यसपछि पेर्निल हाडर र लेना अब्रेडर्फको प्रहारलाई गोलरक्षक सारा बौहाद्दीले विफल पार्दै वल्फ्सबर्गलाई बराबर गर्नबाट बन्चित गरिन् ।

खेलको ३ मिनेट समय बाँकी रहँदा सारा जर्क गुनासडटिरले गोल गर्दै जित पक्का गरिन् । उनले कर्नरमा बनेको मुभमा आएको प्रहारलाई गोलको दिशा दिएकी थिइन् । लियोनले सन् २०१६ यता लगातार पाँचौपटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.