default_image

5 years ago

August 31, 2020

नेयमारले नाइकी छाड्ने

172 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलकै सर्वाधिक महँगा खेलाडी तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार र खेलकुद सामाग्री उत्पादक कम्पनी नाइकीबीचको १५ वर्षे लामो सहकार्य समाप्त हुने भएको छ ।

ब्राजिलियन आउटलेट डेरियो डो पेक्सीको रिपोर्ट अनुसार नाइकीसँगको नेयमारको सम्झौता ३१ अगस्टबाट सकिँदैछ । नेयमार र नाइकीबीच सम्झौता नवीकरणको रकमबारे कुरा नमिल्दा सम्झौता थप्न नसकेको उल्लेख गरेको छ ।

१५ वर्षको अवधिमा नाइकीले नेयमारको लागि ७८.६ मिलियन युरोको साझेदारी गरेको थियो । नाइकीले नेयमार व्यवसायिक फुटबलमा नलाग्दै १३ वर्षको उमेरमा प्रायोजन गरिसकेको थियो । त्यतिबेला नेयमार ब्राजिलियन क्लब सान्तोसमा उदीयमान खेलाडीको रुपमा अघि आइरहँदा नाइकीले क्लबका लागि पनि किटहरु आपुर्ति गरेको थियो ।

पछिल्लो समय २८ वर्षीय नेयमार नाइकीको विश्वव्यापी अभियान ‘यु क्यान्ट स्टप स्पोर्ट्स’ मा देखा नपरेका कारण रुष्ट भएकाले पनि सम्झौता नविकरण हुन नसकेको बताइएको छ । नाइकीको स्रोतले हामीले साझेदारी गरेका मध्ये एक खेलाडीमध्ये अब नेयमार नरहेको बताएका छन् ।

केही रिपोर्टअनुसार नेयमार जर्मनीको खेलकुद सामग्री उत्पादक कम्पनी पुमासँग सम्झौता नविकरण गर्ने योजनामा रहेको बुझिएको छ । पुमाले इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब एसी मिलानलाई किट प्रायोजन गर्दै आइरहेको छ ।

नेयमारको नाइकीसँग सम्झौता रद्द भएसँगै पीएसजीलाई पनि घाटा हुन सक्नेछ । सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी मुल्यमा पीएसजी गएपछि पीएसजीको किट पनि नाइकीले आपुर्ति गर्दै आएको थियो ।

त्यसबेला देखि पीएसजीले ७० मिलियन युरो कमाएको थियो । पछिल्लोपटक नेयमारले नाइकीसँग २०११ मा कोपा लिबर्टाडोरस जितेपछि २०२२ सम्मका लागि ७८.६ मिलियन पाउन्डमा सम्झौता नवीकरण गरेको थियो ।

neymar brazil olympics

तर, सम्झौता अवधि बाँकी रहँदै सम्झौता रद्द हुने भएपछि अमेरिकी कम्पनीमा पनि ठुलो असर पर्नेछ । नाइकीले पीएसजीसँगै चेल्सी, बार्सिलोना, इन्टर मिलान, टोटेनहम र प्रिमियर लिग च्याम्पियन लिभरपुलको किट आपुर्ति गर्दै आएको छ ।

यस्तै नाइकीले खेलकुदका हस्ती क्रिस्टियानो रोनाल्डो, भर्जिन भान डाइक, रहिम स्ट्रलिङ, लेब्रन जेम्स, सेरेना विलियम्स र टाइगर वुड्सलाई पनि प्रायोजन गरिरहेका छन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.