default_image

5 years ago

August 31, 2020

बार्सिलोनाको प्रशिक्षणमा १७ खेलाडी अनुपस्थित रहने

139 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सोमबारदेखि नयाँ सिजनको लागि प्रशिक्षण सुरुवात गर्दा पहिलो रोजाईका १७ खेलाडी अनुपस्थित रहने छन् ।

अनुपस्थित रहनेमा क्लबका कप्तान लियोनेल मेस्सीसँगै अन्य स्टार खेलाडीहरु रहेका छन् । बार्सिलोना छाड्ने चर्चामा रहेका मेस्सीले प्रशिक्षण जानुअघि कोरोनाको परिक्षण समेत गराएका थिएनन् ।

बार्सिलोनाले पहिलो रोजाईका खेलाडीहरु इन्ज्युरी, अन्तर्राष्ट्रिय ड्युटी र समर छुट्टीमा रहेका कारण टोलीको प्रशिक्षणमा सामेल हुन असमर्थ रहेको बताएका छन् ।

पहिलो रोजाईका गोलरक्षक मार्क आन्द्रे टेर स्टेगन चोटका कारण टोली बाहिर छन् । यसै सिजन क्लबमा अनुबन्ध गरिएका मिडफिल्डर मिरालेम प्यानिच कोरोना संक्रमणका कारण इटलीमा सेल्फ आइसोेलेसनमै रहेका छन् ।

यस्तै लोनमा जर्मन क्लब बायर्न म्युनिखमा रहेका च्याम्पियन्स लिग विजेता टोलीका सदस्य फिलिपे कौटिन्हो समर छुट्टीमा रहेका छन् । टोलीका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले प्रशिक्षणमा एकेडेमीका खेलाडीलाई समावेश गर्दै प्रशिक्षण शुरुवात गर्दैछन् ।

फ्रेन्की डि जोङ, सर्जियो बुस्क्वेट्स, क्लेमेन्ट लेङ्लेट, एन्टोइन ग्रिजमन, फ्रान्सिस्को ट्रिन्काओ, नेल्सन सेमेडो, मार्टिन ब्रेथवेट, अन्सु फाती, इनाकी पेना, रिकी पुच, जुवान मिरान्डा, कार्लेस एलेना र पेड्री प्रशिक्षणमा सामेल छैनन् ।

यसबाहेक बाँकी खेलाडीहरु पनि छिट्टै नै टोलीको प्रशिक्षणमा सामेल हुने प्रशिक्षक कोम्यानले बताएका छन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.