default_image

5 years ago

August 31, 2020

मेस्सीलाई विशाल सम्झौता दिने सिटीको तयारी

169 views

0 Bookmark

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने विषयमा क्लबसँग कुनै सहमति बनिसकेको छैन । तर मेस्सी आफू भने जसरि पनि क्लब छाड्ने पक्षमा रहेका छन् ।

मेस्सी र बार्सिलोनाबीच छलफल समेत नभइरहेको अवस्थामा ला लिगाले भने उनले क्लब छाड्दाको अवस्थामा ७ सय मिलियनको रिलिज क्लज लागु हुने ठहर गरिसकेको छ । मेस्सी आफैंले आफ्नो सम्झौताको प्रावधान अनुसार अन्तिम सिजनमा रिलिज क्लज नरहने इंगित गर्दै आफ्नो सम्झौता रद्द गर्न क्लबसमक्ष आग्रहसहित पत्र लेखेका थिए । तर क्लबले त्यसलाई स्वीकार गरेको छैन ।

मेस्सीले पत्रमार्फत नै क्लबलाई आग्रह गरेपछि त्यसलाई लिएर अनेक ढंगले चर्चा भइरहेका छ । क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउसँग असन्तुष्ट रहेका मेस्सीलाई क्लबले पुन: छलफल गर्न दुई विकल्प दिएको छ । या त सम्झौता नविकरण गर्ने अथवा रिलिज क्लज बराबर रकम तिरेर अन्यत्र क्लबमा भविष्य रोज्ने ।

मेस्सी भने नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँग छलफलपछि अब क्लब छाड्नेमा विश्वस्त छन् । अब मेस्सी र बार्सिलोनाबीच तगारो भनेको मात्र उनको ट्रान्सफर कसरि हुन्छ भन्ने रहेको छ । बार्सिलोनाले मेस्सीलाई फ्री ट्रान्सफरका लागि फुकुवा नगर्ने प्रष्ट पारिसकेको छ । अन्य क्लबसँग रिलिज क्लजभन्दा कम रकममा सहमति गर्ने विकल्प भने अझैपनि क्लबसँग छ । तर अहिलेको अवस्थामा क्लबले त्यसतर्फ ध्यान दिएको छैन ।

यता मेस्सीले बार्सिलोना छाडेपछि म्यानचेस्टर सिटी जाने मनसाय भने बनाइसकेका छन् । पेप गुआर्डीओलासँग निकटको सम्बन्ध रहेका मेस्सी आफ्ना नजिकका साथी सर्जियो अगुएरोसँग सिटीबाट खेल्नेमा सकारात्मक देखिएकचन । त्यसैले मेस्सीका लागि ठूलो रकम खर्च गर्न तयार सिटीले विशाल सम्झौता गर्ने तयारी गरेको छ ।

सिटीले मेस्सीसँग ५ वर्षको सम्झौता गर्न चाहिरहेको बताइएको छ । सञ्चारमाध्यमका अनुसार सम्झौता दुई खाले हुनेछ, जसमा पहिलो ३ वर्ष प्रिमियर लिगको सिटीमा र त्यसपछिको अन्तिम दुई वर्ष सिटीको भगिनी सम्बन्ध रहेको एमएलएसको न्यूयोर्क सिटीबाट खेल्ने विकल्प हुनेछ ।

मेस्सी हाल ३३ वर्ष भएकाले पनि उमेरसँगै उनी प्रिमियर लिगमा लामो समय खेल्ने सम्भावना कम रहन्छ । त्यसैले मेस्सीलाई ३३ वर्षको उमेरमा ५ वर्षको सम्झौतासँगै करिअरको अन्त्य एमएलएसमा गर्न विकल्प दिने सिटीको योजना छ । एमएलएस गएपनि आर्थिक रुपमा भने मेस्सीलाई असर पर्ने देखिन्न ।

सिटीले मेस्सीलाई हाल बार्सिलोनामै आर्जन गरेबराबर वार्षिक १ सय मिलियन युरो दिने प्रस्ताव अगाडी सारेको छ । बोनससहित उनले ५ वर्षमा उनले ७ सय ५० मिलियन युरो कमाउनेछन् । सिटीले यूईएफएको आर्थिक नियमावलीलाई ध्यानमा राख्दै उनलाई २ सय ५० मिलियन युरो बोनस स्वरुप दिने तयारी गरेको छ ।

सिटीले मेस्सीका लागि १ सय मिलियन युरोसहित बर्नार्डाे सिल्भा, ग्याब्रियल जेसस र इरिक गार्सिया दिने प्रस्तावको तयारी गरिरहेको छ । यी तीन खेलाडीको बजार मूल्य २ सय मिलियन युरो बराबर रहेको छ । यी तीनै खेलाडी बार्सिलोनाको शैली र आवश्यकता अनुसार टोलीमा फिट रहने भएकाले पनि सिटीले यस्तो प्रस्तावको तयारी गरेक हो । बार्सिलोना टोली पूनर्निर्माण गर्न कस्सिएको अवस्थामा यी तीन खेलाडी कोम्यानको रोजाइमा पर्न सक्छन् ।

मेस्सीले सिटीको शर्तहरु स्वीकार गरे प्रशिक्षक पेप ग्वार्डिओला र मेस्सीको पुनर्मिलन हुनेछ । ग्वार्डिओलाले बार्सिलोनामा मेस्सीलाई २००८ देखि २०१२ सम्म प्रशिक्षण दिएका थिए । त्यसबेला मेस्सीले आफ्नो खेलमा व्यापक सुधार गर्दै टोलीका साथै व्यक्तिगत सफलता हासिल गरेका थिए ।

स्पोर्ट्स मेलको अनुसार प्रशिक्षक पेप र मेस्सी इतिहाद सर्ने विषयमा यसअघि नै छलफलमा थिए । करिव २० वर्ष स्पेनमा रहेका मेस्सीले भाषाको विषयमा पनि छलफल भएको उल्लेख गरिएको छ । मेस्सीले पेपसँग छलफलपछि नै बार्सिलोना समक्ष आग्रह पत्र पठाएको बुझिएको छ ।

सिटीले प्रस्ताव गरेका मध्यका बर्नार्डो सिल्भा कोम्यानको शैलीसँग मिल्दो खेलाडी हुन् । सिटीले मेस्सी आउने खण्डमा सिल्भालाई बार्सिलोना पठाउन आनाकानी गर्ने छैन । यता बार्सिलोनालाई पनि सिल्भाको आगमनले दिर्घकालिन समाधान हुने देखिन्छ ।

रिपोर्टअनुसार बार्सिलोना पनि जेससलाई अनुबन्ध गर्ने योजनामा रहेको बुझिएको छ । जेसस बार्सिलोनाको मुख्य प्राथमिकतामा रहेका छन् । उनलाई लुइस सुआरेजको विकल्पमा अघि सारिएको छ । जेससको अनुबन्ध अब मेस्सीको प्याकेजमै समावेश हुन सक्छ ‌।

अर्काे समरसम्म सम्झौता रहेका गार्सिया पनि ग्वार्डिओलाको योजनामा रहेका छैनन् । गार्सिया यसअघि बार्सिलोनाकै एकेडेमीबाट सिटी आएका थिए । उनले सिटीसँग सम्झौता नविकरण नगरेर अर्को सिजन बार्सिलोना फर्कने मनस्थिति बनाएका थिए ।

सामाजिक संजाल इन्स्टाग्राममा मेस्सीले हाल ४ क्लबलाई मात्र फलो गर्दै आएका छन् । त्यसमा हालको क्लब बार्सिलोना र बाल्यकालको क्लब नेवेल्स ओल्ड ब्वाइजसंगै म्यानचेस्टर सिटी र चेल्सी रहेको छ । स्रोतका अनुसार मेस्सीले पछिल्लो केहि दिनमा चेल्सी र सिटीलाई फलो गर्न थालेका हुन् ।

गत बुधबार इन्स्टाग्राममा नै फरवार्ड सर्जियो अगुएरोले मेस्सी सिटी आउने संकेत गरेका छन् । यसअघि ‘सर्जियो अगुएरो १०’ युजरनेम राखेका अगुएरोले आफ्नो नामबाट ‘१०’ नम्बर हटाएर ‘सर्जियो अगुएरो’ मात्र राखेका छन् । यसले पनि अगुएरोले मेस्सीलाई १० नम्बर जर्सी दिन खोजेको बुझिएको छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.