default_image

5 years ago

August 31, 2020

नेयमार पीएसजीमै बस्ने

144 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारले आफु थप एक सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन् । पीएसजीको म्यागेजिनसँगको अन्तर्वार्तामा २८ वर्षीय नेयमारले आफु थप एक सिजन पीएसजीमै रहने बताएका हुन् ।

कोरोना महामारीअघि नेयमार आफ्नो पुर्व क्लब बार्सिलोना फर्कने चर्चा चलेको थियो । तर, बार्सिलोनाको पछिल्लो बिकसित घट्नाक्रमका कारण पनि नेयमारले थप एक सिजन पेरिसमै बस्ने रहने निर्णय गरेको बुझिएको छ । नेयमारले क्लबको इतिहासको पानामा आफ्नो नाम लेखाएर मात्र क्लब छाड्ने समेत बताएका छन् ।

‘म अर्को सिजन पीएसजीमा बस्नेछु । च्याम्पियन्स लिगको फाइनल पुग्ने र जित्ने लक्ष्य छ,’ नेयमारले भने, ‘क्लबको इतिहासको पुस्तकमा नाम राख्न मन छ । क्लबको लेजेन्ड बन्नेछु ।’ उनले पछिल्लो समय पीएसजीमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी १९८ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी आएका थिए । पछिल्लो समय भने नेयमारले आफु पेरिसमा खुसी रहेको बताउँदै उत्कृष्ट प्रदर्शन समेत गरिरहेका छन् । उनको अर्का फरवार्ड किलीयन एमबाप्पेसँग पनि सम्बन्ध र तालमेल उत्कृष्ट छ ।

पीएसजी यसै सिजन सकिएको च्याम्पियन्स लिगमा क्लबको इतिहासमा पहिलोपट फाइनलमा प्रवेश गरेपनि जर्मन क्लब बायर्न म्युनिखसँग १–० ले पराजित हुँदै उपाधि जित्नबाट बञ्चित बनेको थियो । यसअघिका सिजन नेयमार घाइते हुँदा पीएसजी सेमिफाइनल नपुग्दै च्याम्पियन्स लिगबाट बाहिरिंदै आएको थियो ।

सन् २०१३ मा ब्राजिली क्लब सान्तोसबाट बार्सिलोना आएर चार वर्ष बार्सिलोनामा रहदा नेयमारले २ ला लिगा, एक च्याम्पियन्स लिग, तीन कोपा डेल रे र एक फिफा क्लब विश्वकप जितेका थिए । यस्तै नेयमारले पीएजसीबाट तीन सिजन लिग वान, समान दुई पटक कप डि फ्रान्स र कप डि लिग तथा एकपटक ट्रफी डेस च्याम्पियन्स जितेका छन् ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.