5 years ago
September 1, 2020
एजेन्सी – क्रोएसियन मिडफिल्डर इभान राकिटिच यो सिजन क्याटलान क्लब बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका छन् ।

नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो ।
स्टार मिडफिल्डर राकिटिचले सेभिल्लासँग दुई वर्षको सम्झौता गर्ने पक्का भएको छ । उनी आफ्नो मुल्यभन्दा केही कम रकममा सेभिल्ला पुगेका हुन् । नयाँ सम्झौता अनुसार उनले वार्षिक २.७ मिलियन पाउन्ड पाउनेछन् । गत सिजन राकिटिचले ७ मिलियन कमाई गरेका थिए । उनको पुर्व क्लब फर्कनको लागि दुई क्लबबीच सामान्य शुल्कमा सहमति भएको हो ।

राकिटिचसँगै अन्य केही स्टार खेलाडीहरुले यस सिजनमा बार्सिलोना छाड्न सक्नेछन् । राकिटिच यसअघि गत जनवरीमा सिरी ‘ए’ र इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड जाने चर्चा चलेपनि उनी बार्सिलोनामै रहेका थिए ।
३२ वर्षे मिडफिल्डर २०१४ मा बार्सिलोना जानुअघि सेभिल्लाबाट युरोपा लिग जितेका थिए । राकिटिचले बार्सिलोनाका लागि ३१० खेलमा ३६ गोल गरेका छन् । उनले बार्सिलोनाबाट चारपटक स्पेनिस ला लिगा, चारपटक कोपा डेल रे र समान एकपटक च्याम्पियन्स लिग, फिफा क्लब वल्डकप, युइएफए सुपरकप र सुपरकोपा जितेका छन् । राकिटिच २०११ मा जर्मन क्लब साल्केबाट सेभिल्ला पुगेका थिए ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]