default_image

5 years ago

September 1, 2020

‘एल क्लासिको’ अक्टोबरमा

148 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत रिये म्याड्रिड र बार्सिलोनाबीच हुने विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको छ ।

नयाँ सिजनको ला लिगा १३ सेप्टेम्वर २०२० बाट शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । बार्सिलोनाले घरेलु मैदानमा इल्चेसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

स्पेनिस फुटबल फेडेरेसन (आरएफइएफ) ले जारी गरेको नयाँ सिजनको खेल तालिका अनुसार सिजनको पहिलो ‘एल क्लासिको’ अर्थात बार्सिलोना र रियल म्याड्रिडबीचको भिडन्त सातौ राउन्डमै अक्टोबरमा हुने भएको हो । खेल बार्सिलोनाको घरेलु मैदान नोउक्याम्पमा २५ अक्टोबरमा हुनेछ ।

दोस्रो एल क्लासिको रियल म्याड्रिडको घरेलु मैदानमा ११ अप्रिल २०२१ मा हुनेछ । जुन ला लिगाको ३०औं राउन्डको खेल हो । बार्सिलोनाले अवे मैदानमा एइवरसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमै भिल्लारियलसँग खेल्दै सिजनको अन्त्य गर्नेछ ।

अघिल्लो सिजनको क्लासिकोमा एक खेल रियल म्याड्रिडले २–० ले आफ्नो पक्षमा पार्दा एक खेल गोलरहित बराबरीमा सकिएको थियो ।

यस्तै म्याड्रिड डर्वी (रियल र एट्लेटिको) बीचको पहिलो खेल रियलको घरेलु मैदानमा १३ डिसेम्वर २०२० मा तथा दोस्रो खेल एट्लेटिकोको मैदानमा ७ मार्च २०२१ मा हुनेछ ।

अगस्टमा युरोपियन प्रतियोगितामा संलग्न ५ टोली र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेको टोलीले सिजनको पहिलो राउन्डमा सहभागी हुनेछैन । जसमा युरोपियन प्रतियोगितामा सहभागी एट्लेटिको मड्रिड, सेभिल्ला, रियल म्याड्रिड, बार्सिलोना र शीर्ष डिभिजनमा बढुवाको लागि प्ले अफ खेलेका इल्चे रहेका छन् ।

एट्लेटिको, बार्सिलोना, सेभिल्ला र इल्चेको दोस्रो राउन्डको खेल पनि स्थगित हुनेछ । उनीहरुले रियल म्याड्रिड र गेटाफेभन्दा पछि सिजनको अन्तिम खेल खेलेका थिए ।

ग्रानडाले ला लिगाको चौथो राउन्डको खेल हुने समयमा युरोपा लिगको प्ले अफ खेल्नुपर्ने भएकाले सेप्टेम्वर ३० मा ओसासुनासँग हुने भनिएको खेल १२ जनवरीमा हुने ला लिगाले जनाएको छ । यस्तै ला लिगाले कुनै पनि समस्या नआए २३ मार्चमा सिजन सकिने बताएको छ ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.