default_image

5 years ago

September 1, 2020

सिल्भालाई कोरोना संक्रमण

114 views

0 Bookmark

एजेन्सी – रियल सोसिडाडका मिडफिल्डर डेविड सिल्भालाई कोरोना भाइरस कोभिड १९ संक्रमण भएको पुष्टी भएको छ ।

म्यानचेस्टर सिटीबाट केहि समय अघि सोसिडाड पुगेका सिल्भालाई सोमबार सार्वजनिक गर्ने कार्यक्रम थियो । तर, सोमबार बिहान उनलाई कोरोना संक्रमण भएको पुष्टी भएपछि सार्वजनिक गर्ने कार्यक्रम स्थगित भएको थियो ।

शुक्रबार भएको परिक्षणमा भने सिल्भाको पिसिआर परिक्षण नेगेटिभ आएको बताइएको थियो । अब सिल्भालाई प्रशिक्षणमा सामेल गराउनका लागि सोसिडाडले केहि समय कुर्नुपर्ने भएको छ ।
सोसिडाडसँग २ वर्षको सम्झौता गर्दै सिल्भा १० वर्षपछि स्पेनिस क्लबमा फर्किएका थिए । ३४ वर्षे सिल्भा सन् २०१० मा स्पेनिस क्लब भ्यालेन्सियाबाट इंग्लिस क्लब म्यानचेस्टर सिटी पुगेका थिए ।

भ्यालेन्सियाबाट सिटी पुगेपछि उनले सिटीमै १० वर्ष बिताए । सिटीका लेजेन्ड सिल्भालाई इटालियन क्लब लाजियोले ३ वर्षको सम्झौता प्रस्ताव गरेपनि सोसिडाड अनुबन्ध गर्न सफल भएको हो ।
सिल्भाले सिटीबाट ४ सय ३६ खेल खेल्दै विभिन्न १४ उपाधि जिताउन महत्वपुर्ण भुमिका निभाए ।

उनले प्रिमियर लिगमा ३०९ खेल खेल्दै ६० गोल गरेका थिए । सिटी २०१२, २०१४, २०१८ र २०१९ को प्रिमियर लिग उनी टोलीका महत्त्वपूर्ण सदस्य थिए । त्यस्तै सिल्भाले सिटीबाट २ एफए कप, ५ लिग कप र ३ कम्युनिटी सिल्ड जितेका थिए । सिल्भा स्पेनले २०१० मा विश्वकप तथा २००८ र २०१२ को युरोकप जित्दा टोलीका सदस्य थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.