default_image

5 years ago

September 1, 2020

ला लिगाबाट मेस्सी र टेर स्टेगन मात्र उत्कृष्ट टोलीमा

205 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सी र गोलकिपर मार्क आन्द्रे टेर स्टेगन मात्र ला लिगाबाट युरोपियन स्पोर्टस् मिडिया (इएसएम) को वर्षको उत्कृष्ट टोलीमा अटेका छन् ।

मार्का, ला गजेटो डेलो स्पोर्टस, किकर र युरोपका अन्य प्रतिष्ठित सञ्चारमाध्यमका प्रतिनिधि रहेको टोलीले वर्ष उत्कृष्ट टोलीमा पर्ने खेलाडीको तय गर्नेछ । गत सिजन २०१९-२० मा गरेको प्रदर्शनका आधारमा खेलाडीको छनोट गरिएको हो ।

वर्षको उत्कृष्ट टोलीमा प्रिमियर लिग च्याम्पियन लिभरपुलका ४ खेलाडी परेका छन् । जसमा ट्रेन्ट एलेक्सेन्डर अर्नाल्ड, भिर्गिल भान डाइक, एन्डी रोर्बट्सन र जोर्डन हेन्डरसन छन् ।

बार्सिलोनाका मेस्सी र टेर स्टेगनबाहेक ला लिगा च्याम्पियन रियल म्याड्रिडका कुनै पनि खेलाडी वर्षको उत्कृष्ट टोलीमा समेटिएका छैनन् ।
आरबी लाइप्जिगका डायोट उपामेकोना, म्यानचेस्टर सिटीका केभिन डि ब्रुएन, पेरिस सेन्ट जर्मेनका एन्जल डि मारिया, बायर्न म्युखिनका रोबेर्ट लेवान्डोस्की र बोरुसिया डर्टमन्डका इर्लिङ हालान्ड टोलीमा समेटिएका छन् ।

भान डाइक, डि ब्रुएने र लेवान्डोस्की टिम अफ द मन्थमा समान ५ पटक पर्न सफल भएका थिए ।

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

December 19, 2025

आयोजकलाई आइजिपी कप फुटबल उपाधि

काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]

Success

Thank you for your time.