5 years ago
September 1, 2020
एजेन्सी – बार्सिलोनाका उरुग्वेली फरवार्ड लुइस सुआरेजलाई इटालियन च्याम्पियन युभेन्टसले अनुबन्धको प्रयास गर्ने भएको छ ।

अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुएनले युभेन्ट्स छाडेपछि टोली अर्को स्ट्राइकरको खोजीमा रहेको छ । त्यसका बार्सिलोनाका लुइस स्वाआरेजलाई भित्राउने गरि युभेन्ट्सले प्रयास थालेको छ । उरुग्वेली फरवार्ड सुआरेज बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नरहने प्रष्ट भएपछि गन्तव्यको खोजीमा छन् ।
ला गजेटा डेलो स्पोर्टसका अनुसार स्वाआरेजका प्रतिनिधि र युभेन्ट्सबीच दुई पटक सम्म छलफल भइरहेको छ । बार्सिलोनामा ६ वर्ष बिताएका सुआरेजलाई भित्राउनका लागि युभेन्ट्सका उपाध्यक्ष पाभेल नेदभेदले दुई पटक सम्म छलफल गरिसकेको बताइएको छ ।
बार्सिलोनामा जस्तै युभेन्ट्समा पनि सुआरेजलाई बार्षिक रुपमा १० मिलियन युरो पारिश्रमिक दिने सहमति बनेको विश्वास गरिएको छ । इटालीको कर प्रणालीका कारण युभेन्ट्सले थप ५ मिलियन युरो दिने बताइएको छ ।
युभेन्ट्सले रोमाका इडेन जेकोलाई पनि लिने प्रयास गरेको थियो । बोसनियाका जेकाका लागि युभेन्ट्सले झन्डै १० मिलियन युरो सरुवा रकम दिनुपर्नेछ । तर, सुआरेज भने फ्रि ट्रान्सफरमा रहने सम्भावना छ । सम्झौताको अन्तिम वर्षमा रहेका सुआरेजलाई बार्सिलोनाले बिनासर्ट फुकुवा गर्न खोजेको थियो ।

युभेन्टसको प्रशिक्षक आन्द्रीए पिर्लोले आफ्नो पहिलो पत्रकार सम्मेलनमा नै हिगुआइनले क्लब छाड्ने र अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबाला क्लबमै रहेको स्पष्ट पारेका थिए । पिर्लोले हिगुआइनसँग व्यक्तिगत रुपमा भेटेर नै आफ्नो निर्णयबारे जानकारी दिएको बताएका हुन् ।
‘उनी च्याम्पियन र महान् खेलाडी हुन् । तर, यहाँ उनको समय सकिएको छ । हामीले एक अर्काबीच छलफल गर्यौ र निर्णय लियौं । म उनलाई धेरै सम्मान गर्छु । तर, हामीले अलग हुने निर्णय लिएका छौ,’ पिर्लाेले पत्रकार सम्मेलनमा भने ।
युभेन्ट्सका तेस्रा महँगा खेलाडी हिगुआइन २०१६ मा इटालियन क्लब नेपोलीबाट ७५ मिलियन पाउन्डमा युभेन्टस पुगेका थिए । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व खेलाडी समेत रहेका हिगुआइनले लोनमा इंग्लिस क्लब चेल्सी र इटालियन क्लब एसी मिलानबाट समेत खेलिसकेका छन् । हिगुआइनले युभेन्ट्सका लागि १ सय ४९ खेलमा ६६ गोल गरेका छन् ।

पिर्लोले डिबालालाई सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पार्टनरको रुपमा राख्न चाहेका छन् । ‘ड्याबाला बजारमा उपलब्ध हुने छैनन् । उनी मेरो लागि महत्वपूर्ण खेलाडी हुन् । उनी जति सक्दो चाँडो फर्कनेछन् । उनी क्लबको योजनाको अंश हुन्,’ पिर्लोले भने ।
पिर्लोले आफू सहि समयमा क्लबको प्रशिक्षक बनेको समेत जनाएका छन् । ‘मैले निर्णय लिनुअघि सोच्ने समय पाइन । सबै यति चाडो भयो की मैले हुन्छ भनिहालें । मैले यो निर्णय गर्नुको कारण म आफूलाई यो ठाउँमा ठिक देखेर हो.’ उनले भने ।
खेलाडीको रुपमा युभेन्टसका लागि ४ पटक लिग जितेका पिर्लो जुलाईको अन्त्यमा यू-२३ टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए । तर त्यसको एक साता नबित्दै उनलाई सिनियर टोलीको जिम्मेवारी दिइयो । च्याम्पियन्स लिगमा लियोनसँग पराजित भएपछि क्लबले माउरिजियो सार्रीलाई निकालेको थियो ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]