5 years ago
September 1, 2020
एजेन्सी – जिनेदिन जिदानले रियल म्याड्रिडको पूर्न संरचना अहिलेका लागि रोकेका छन् । कोरोना भाइरसको कारण उत्पन्न कठिन परिस्थितिका कारण आउने सिजनका लागि कुनै पनि महत्त्वपूर्ण सम्झौता नहुने बताइएको छ ।

जिदानले लोनमा गएका मार्टिन ओडेगार्ड र एन्ड्रि लुनिनलाई भने क्लबमा फर्काउने छन् । नयाँ सम्झौता नगर्दा टोलीलाई त्यसको असर पर्न सक्नेछ । तर, जिदानले नेतृत्व गर्दा कम लगानीमा पनि सफलता प्राप्त गराएका छन् । फ्रान्सेली प्रशिक्षकको नेतृत्वमा रियलले सम्भव ११ उपाधि मध्ये ८ उपाधि जितेको थियो ।
त्यसअवधिमा रियलले खेलाडीका लागि ७० मिलयन युरो खर्च गरेको थियो । सन् २०१६ मा च्याम्पियन्स लिग जित्दा सम्म जिदानले आफैं रकम नै खर्च गरेका थिएनन् । उनले पहिलो सम्झौताका रुपमा लगत्तै सिजनमा ३० मिलियन युरो खर्चेर अल्भारो मोराटा भित्राएका थिए ।
इस्पान्योलमा लोनमा रहेका मार्को एसेन्सियोलाई जिदानले २०१६ को समरमा रियलको पहिलो टोलीमा फर्काएका थिए । त्यस्तै मारियानो डिजलाई जुनियरबाट सिनियर टोलीमा डाकिएको थियो । २०१६-१७ मा जिदानको नेतृत्वमा रियलले सुपरकोपा डि स्पाना, क्लब विश्वकप, ला लिगा र च्याम्पियन्स लिग जितेको थियो । २०१७ को समरमा रियलले ४० मिलियन युरोमा थियो हर्नान्डेज र डानी केबासोललाई भित्राएको थियो ।

जिसस भालेजो, बोर्जा मायोरल, मार्कोस लोरेन्टेले लोनबाट फर्केर पहिलो टोलीमा मौका पाएका थिए । अक्रफ हाकिमी र लुका जिदान पनि सिनियर टोलीमा बढुवा भएका थिए । अर्को एक वर्षमा रियलले सुपरकोपा डि स्पाना, क्लब विश्व कप र च्याम्पियन्स लिग जितेको थियो । दुई सिजनमा उनले ८ वटा उपाधि जितेका थिए । त्यति बेला सम्म उनले ७० मिलियन युरो खर्च गरेका थिए ।
जिदान सन् २०१९ मा फेरि फर्केर रियलमा पुगेका थिए । उनी फर्कनुअघि टोलीले इडेर मिलिसाओ, रोड्रिगो गोएस र इडन हाजार्डलाई भित्राएको थियो । दोस्रो पटक प्रशिक्षक बनेपछि जिदानले फर्ल्यान्ड मेन्डी र लुका जोभिचका लागि १ सय मिलियन खर्च गरेका थिए । पछिल्लो पटक रियलले सुपर डि स्पाना र ला लिगा जितेको थियो ।
रियलले यो सिजन भने नयाँ खेलाडी भित्राउने सम्भावना छैन । अहिलेकै टोलीबाट रियलले फेरि पनि कस्तो सफलता प्राप्त गर्नेछ त्यो भने हेर्न उत्सुकता रहनेछ ।
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]
December 19, 2025
काभ्रे (हाम्रो खेलकुद)- आयोजना काभ्रेपलाञ्चोक साँगाको नेपाल पुलिस स्कुलले ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल प्रतियोगिताको रनिङ ट्रफी जितेको छ । भक्तपुरको सैनिक आवसीय महाविद्यालयलाई १-० ले हराउँदै पुलिस स्कुलले उपाधि जितेको हो। रोनी विक्रम शाहले नवौं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो। रोनी फाइनल अफ दि म्याच घोषित भए। प्रतियोगितामा पिस पोइन्ट बोर्डिङ स्कुल […]