default_image

5 years ago

September 5, 2020

जर्मन स्टार हाभर्टज चेल्सीमा अनुबन्धित

241 views

0 Bookmark

एजेन्सी – जर्मनी राष्ट्रिय फुटबल टोली तथा जर्मन क्लब बायर लिभरकुसनका युवा मिडफिल्डर काई हाभर्टज इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् ।

लन्डन क्लब चेल्सीले हाभर्टजलाई ७१ मिलियन पाउन्डमा शुक्रबार राति ५ वर्षको लागि अनुबन्धित गरेको हो । बोनस र प्रदर्शनका आधारमा थप २० मिलियनसम्म तिर्नुपर्ने हुन्छ । जर्मनीको राष्ट्रिय टोलीमा रहेका २१ वर्षे मिडफिल्डर शुक्रबार नै चेल्सीसँगको सम्झौताको लागि लन्डन आएका थिए ।

नयाँ सिजनको लागि चेल्सीले अनुबन्ध गरेको हाभर्टजलाई सातौं खेलाडी हुन् । चेल्सीले यसअघि हाकिम जियाच, टिमो वेर्नर, जाभिएर मुयाम्बा, मालाङ सार, थियागो सिल्भा र बेन चिलवेललाई अनुबन्ध गरिसकेको छ । यसक्रममा चेल्सीले २०० मिलियन भन्दा बढी खर्च गरिसकेको छ ।

यससँगै हाभर्टज जर्मनीबाट प्रिमियर लिगमा अनुबन्ध हुने सर्वाधिक महँगा खेलाडी बनेका छन् । यस्तै उनी चेल्सीका समेत सबैभन्दा महँगा खेलाडी बनेका छन् । यसअघि चेल्सीले गोलरक्षक किपा अरिजाबालागालाई ७१ मिलियन नै खर्चिएको थियो । पछिल्लो समय खस्कँदो प्रदर्शनका कारण चेल्सीले उनलाई रिलिज गर्ने योजना बनाएको छ ।

हाभर्टज चेल्सीमा अनुबन्ध भएसँगै उनी बेलायती क्लबले अनुबन्ध गरेको दोस्रो सर्वाधिक महँगो खेलाडी बनेका छन् । यसअघि २०१६ मा म्यानचेस्टर युनाइटेडले पल पोग्वालाई अनुबन्ध गर्दा मोटो रकम खिर्चएको थियो । प्रिमियर लिगबाट महँगो मुल्यमा बाहिरिने खेलाडीमा लिभरपुलका फिलिपे कौटिन्हो छन् । लिभरपुलले कौटिन्होलाई २०१८ मा क्याटलान क्लब बार्सिलोनामा १४५ मिलियन पाउन्डमा बेचेको थियो ।

चेल्सीमा अनुबन्ध भएसँगै हाभर्टजले यहाँ आउन पाउदा खुशी र गर्व लागेको बताएका छन् । ‘म यहाँ हुदा धेरै खुसी छु । गर्व गर्छु । मेरो लागि चेल्सी जस्तो ठुलो क्लबबाट खेल्नु सपना साकार भएको छ,’ हाभर्टजले भने, ‘म यहाँ खेलाडी र प्रशिक्षकलाई कुर्न सक्दिन । म यहाँ हुन पाउदा धेरै खुशी छु ।’

चेल्सीकी डाइरेक्टर मरिना ग्रानोभास्कियाले चेल्सीको यो अविश्वनीय ट्रान्सफरमा हाभर्टज पनि मुख्य रहेको बताएकी छिन् । उनले हाभर्टज आफ्नो उमेरको उत्कृष्ट खेलाडी रहेको र उनलाई टिममा ल्याउन पाउँदा निकै उत्साहित भएको बताइन् ।

यसअघि दुई ट्रान्सफरमा खेलाडी अनुबन्ध गर्न नपाएको चेल्सीले यो सिजन खुलेरै खेलाडी अनुबन्धमा मोटो रकम खर्चदै प्रिमियर लिग जित्ने लक्ष्य राखेको छ ।

हाभर्टजले बुन्डेसलिगा क्लब बायर लिभरकुुसनका लागि चार सिजनमा १५० खेलमा ४६ गोल र ४५ असिस्ट दिएका छन् । उनले जर्मनीबाट ७ खेल खेल्दै १ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.