default_image

5 years ago

September 5, 2020

रियलका डियाज मिलानमा

159 views

0 Bookmark

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका आक्रमक मिडफिल्डर ब्राहिम डियाज इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् ।

२१ वर्षीय युवा मिडफिल्डर डियाजलाई मिलानले एक वर्षका लागि लोनमा अनुबन्ध गरेको हो । ‘रियल म्याड्रिडबाट स्पेनिस फुटबलर ब्राहिम डियाजलाई एक सिजनको लागि क्लबमा अनुबन्ध गर्न पाउदा एसी मिलानले खुसी व्यक्त गरेको छ,’ क्लबले भनेको छ । यस्तै क्लबले डियाजले सान सिरोमा २१ नम्वरको जर्सी लगाउने समेत बताएको छ ।

मालागाको एकेडेमीमा हुर्किएका मिडफिल्डर डियाज २०१९ मा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रियल आएका थिए । तर, डियाज रियलमा पहिलो रोजाईमा पर्न असफल भए । स्पेनिस यु–२१ टोलीमा महत्वपुर्ण सदस्य रहेका डियाजले उनले रियलबाट यो सिजन पहिलो रोजाईमा ६ पटक अवसर पाउदा ४ पटक वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । उनले रियलमा २० महिने बसाईंमा २ गोल गरेका छन् ।

डियाज अघिल्लो सिजन मात्रै १५ मिलियन पाउन्डमा रियल पुगेका थिए । सिटीले डियाजलाई १६ वर्षको उमेरमा २०१५ मा स्पेनिस क्लब मालागाबाट अनुब्नध गरेको थियो ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.