5 years ago
September 5, 2020
एजेन्सी – यूईएफए नेसन्स लिगमा आज (शनिबार) राति विभिन्न ९ खेलहरुमा प्रतिस्पर्धा हुँदैछ । साविक विजेता पोर्चुगल, विश्व विजेता फ्रान्स, विश्व उपविजेता क्रोएसिया, इंग्ल्यान्ड र बेल्जियमलगायतका बलियो टोलीले आ–आफ्नो प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछन् ।

पहिलो संस्करणको च्याम्पियन पोर्चुगलले क्रोएसियासँग घरेलु मैदानमा खेल्दै नेसन्स लिगको सुरुवात गर्नेछ । पोर्टोमा हुने खेल नेपाली समयअनुसार राति १२ः३० बजेपछि हुनेछ । लिग ‘ए’ को समूह ३ मा रहेको पोर्चुगल घरेलु मैदानमा सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।
टोलीका कप्तान तथा सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले क्रोएसियाविरुद्ध खेल्ने सम्भावना न्युन छ । यसकारण पोर्चुगललाई केही गाह्रो हुन सक्नेछ । तर पोर्चुगलसँग स्टार खेलाडीहरुको कमी रहेको छैन ।
जोआओ फेलिक्स, बर्नाडो सिल्भा, आन्द्रे सिल्भा, डिएगो जोटा, ब्रुनो फर्नान्डेज, गोन्कालो गुइडेस, भर्खरै बार्सिलोनामा अनुबन्धित भएका युवा मिडफिल्डर ट्रिन्काओ, रुवेन नेभेस, रेनाटो सान्चेज, जोओ मोउटिन्हो, नेल्सन सेमेडो, मारियो रुई, जोस फोन्टे, पेपे र रुई प्याट्रेसियो जस्ता खेलाडी पोर्चुगलसँग रहेको छ ।
यता, विश्वकपको उपविजेता टोली क्रोएसिया पनि पोर्चुगललाई हराउदै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । क्रोएसियासँग लुका मोड्रिच, इभान पेरिसिस, मारियो पासालिस, एन्टी रेविक र माटियो कोभासिसजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ ।
पोर्चुगलले पछिल्ला ६ मध्ये एक खेल गुमाएको छ । पोर्चुगल गत अक्टोवरमा भएको युरो छनोटमा युक्रेनसँग २–१ ले पराजित भएको थियो । त्यसयताको दुई खेलमा पोर्चुगल अपराजित छ । यता, क्रोएसिया पछिल्लो ६ खेलमा अपराजित रहँदा ४ जित र दुई बराबरीको नतिजा निकालेको छ ।

यि दुई टोली तीन पटक प्रतिस्पर्धा गर्दा दुई खेल पोर्चुगलले तथा एक खेल बराबरीमा सकिएको छ । पोर्चुगलले युरोकप २०१६ मा क्वाटरफाइनलमा क्रोएसियामाथि अतिरिक्त समयमा जित निकालेको थियो ।
त्यसपछि एक मैत्रीपुर्ण खेलमा १–१ गोलको बराबरी खेलेको थियो । यि दुई टोलीबीचको खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ । यसै समूहको अर्को खेलमा विश्व विजेता फ्रान्सले स्विडेन भ्रमण गर्दैछ ।
अन्य खेल
‘सी’ – २ : नर्थ म्यासेडोनियाविरुद्ध अर्मेनिया (राति ६ः४५ बजे), इस्टोनियाविरुद्ध जर्जिया (राति ९ः४५ बजे)
‘डी’ – २ : जिब्राल्टारविरुद्ध सान मारिनो (राति ६ः४५ बजे)
‘ए’ –२ : आइसल्यान्डविरुद्ध इंग्ल्यान्ड (राति ९ः४५ बजे), डेनमार्कविरुद्ध बेल्जियम (राति १२ः३० बजे)
‘सी’ १ : अजरवैजानविरुद्ध लक्जेमवर्ग (राति ९ः४५ बजे), साइप्रसपिरुद्ध मोन्टेनेग्रो (राति ९ः४५ बजे)
‘ए’ ३ : पोर्चुगलविरुद्ध क्रोएसिया (राति १२ः३० बजे), स्वीडेनविरुद्ध फ्रान्स (राति १२ः३० बजे)
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]