default_image

5 years ago

September 5, 2020

इंग्ल्यान्डलाई आइसल्यान्डको चुनौती

179 views

0 Bookmark

एजेन्सी – युईएफए नेसन्स लिग अन्तर्गत शनिबार राति आइसल्यान्ड र इंग्ल्यान्डबीचको खेल आइसल्यान्डको मैदानमा नेपाली समयअनुसार राति ९ः४५ बजे पछि सुरु हुनेछ ।

यि दुई टोली दोस्रोपटक भिड्न लागेका हुन् । सन् २०१६ को युरोकपको क्वाटरफाइनलमा आइसल्यान्डले २–१ को जित निकाल्दै सनसनी मच्चाएको थियो । आइसल्यान्ड घरेलु मैदानमा इंग्ल्यान्डलाई पुनः स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । फिफा वरीयतामा ३९औं स्थानमा रहेको आइसल्यान्ड पछिल्लो ६ खेलमा अपराजित रहेको छ । आइसल्यान्ड अपराजित यात्रालाई निरन्तरता दिने दाउमा हुनेछ ।

यता, इंग्ल्यान्ड घरेलु टोलीलाई पराजित गर्दै नेसन्स लिगमा सुखद सुरुवात गर्ने योजनामा हुनेछ । कोरोना संक्रमणका कारण केही स्टार खेलाडीले राष्ट्रिय टोलीबाट बाहिरिनु परेपछि इंग्ल्यान्डसँग युवा खेलाडीहरुको बाहुल्यता छ । ह्यारी केन, जाडोन सान्चो, मेसन ग्रीनवुड, फिल फोडेन, रहिम स्टर्लिङ, काइल वाल्कर र ट्रेन्ट अलेक्सान्डर अर्नाेल्डजस्ता खेलाडीहरु इंग्ल्यान्डसँग छ ।

इंग्ल्यान्ड पछिल्लो ६ मध्ये ५ खेलमा अपराजित छ । गत अक्टोवरमा भएको युरो छनोटमा चेक रिपब्लिकसँग २–१ ले पराजित भएयता इंग्ल्यान्ड पछिल्लो ३ खेलमा अपराजित छ । इंग्ल्यान्ड चार वर्षअघि भोगेको हारको बदला लिने योजनामा हुनेछ ।

अन्य खेल

‘सी’ – २ : नर्थ म्यासेडोनियाविरुद्ध अर्मेनिया (राति ६ः४५ बजे), इस्टोनियाविरुद्ध जर्जिया (राति ९ः४५ बजे)

‘डी’ – २ : जिब्राल्टारविरुद्ध सान मारिनो (राति ६ः४५ बजे)

‘ए’ –२ : आइसल्यान्डविरुद्ध इंग्ल्यान्ड (राति ९ः४५ बजे), डेनमार्कविरुद्ध बेल्जियम (राति १२ः३० बजे)

‘सी’ १ : अजरवैजानविरुद्ध लक्जेमवर्ग (राति ९ः४५ बजे), साइप्रसपिरुद्ध मोन्टेनेग्रो (राति ९ः४५ बजे)

‘ए’ ३ : पोर्चुगलविरुद्ध क्रोएसिया (राति १२ः३० बजे), स्वीडेनविरुद्ध फ्रान्स (राति १२ः३० बजे)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.