5 years ago
September 5, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनले ब्राजिल तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर एलानलाई अनुबन्ध गरेको छ । एभर्टनले एलानलाई ३ वर्षको लागि २२ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।

एलान यो सिजनको एभर्टनको पहिलो अनुबन्धन हो । नेपोलीका पुर्व प्रशिक्षक रहेका कार्लाे एन्सेलोटीको पहलमा एलान एभर्टन आउन राजी भएका हुन् । एन्सेलोटी नेपोलीको प्रशिक्षक रहँदा एलानले ६१ खेल खेलेका थिए । एलानले प्रशिक्षक एन्सेलोटीले नै गुडिसन पार्कमा ल्याउन सम्भव सबै गरेको बताएका छन् ।
‘एभर्टनको लागि हस्ताक्षर गर्नु साँच्चिकै खुसीको कुरा हो । म यहाँ आउन पाउदा अत्यन्तै खुशी छु ।’ एभर्टनमा सम्झौता पछि २९ वर्षे एलानले भने, ‘मलाई आशा छ । मैले आफ्नो सम्पुर्ण करियरमा गरेको जस्तै टिमका सहयात्रीसँग मिलेर एभर्टनमा आफ्नो प्रदर्शनलाई थप चुस्त बनाउनेछु । मैले केही उत्कृष्ट खेल, उत्कृष्ट प्रदर्शन र केही महत्वपुर्ण उपाधिहरु जितेको छु । यो प्रिमियर लिगको इतिहास बोकेको क्लब हो । यसको आफ्नै छुट्टै इतिहास छ । विशेषगरी यहाँ एन्सेलोटी प्रशिक्षक हुनुहुन्छ । जसका कारण तपाईले एभर्टन आउनेबारेमा दुईपटक सोच्नुहुन्न ।’
२९ वर्षीय मिडफिल्डरले आठ वर्ष इटली बसाई टुंग्याएर इंग्ल्यान्ड आएका हुन् । एलान २०१२ मा ब्राजिली क्लब भास्को डा गामाबाट सिरी ‘ए’ क्लब उडिनेसी आएका थिए । त्यसपछि उनी २०१५ मा नेपोली पुगेका थिए । उनले नेपोलीको लागि २१२ खेलमा ११ गोल गरेका छन् । एलानले यो सिजन नेपोलीबाट ३३ खेल खेल्दै २ गोल गरेका थिए । उनले ब्राजिलबाट ९ अन्तर्राष्ट्रिय क्याप जितेका छन् ।
एभर्टन प्रिमियर लिग क्लब वाट्फोर्डका एब्डुलाय डोउकोउरे र स्पेनिस क्लब रियल म्याड्रिडबाट हामेस रोड्रिग्वेज अनुबन्ध नजिक छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]