5 years ago
September 6, 2020
एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमा क्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ ।

झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेता क्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ औं मिनेट कुर्नुपरेको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा नै तीन पटक क्रसबारमा प्रहार गरेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो । वल्भ्सबाट व्यावसायिक फुटबल खेल्दै आएका डीओगो जोटाले ५८ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए ।

७० औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको पासमा फेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । खेलको ९० औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलो जित पक्का गरे ।
कप्तान क्रिस्टियानो रोनाल्डोले बुढी औंलामा सामान्य चोट लागेका कारण यो खेल गुमाएका थिए । यता क्रोएसियाका लागि लुका मोड्रीच र इभान राकीटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो । रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]