default_image

5 years ago

September 6, 2020

एमबाप्पेको गोलमा फ्रान्सको जित

151 views

0 Bookmark

एजेन्सी – युवा स्टार फरवार्ड केलियन एमबाप्पेको गोलमा विश्व विजेता फ्रान्सले युईएफए नेसन्स लिगमा सुखद शुरुवात गरेको छ । फ्रान्सले नेसन्स लिगको पहिलो खेलमा स्वीडेनलाई १–० ले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

फ्रेन्ड्स एरिना सोल्नमा शनिबार राति भएको खेलमा पाहुना टोलीको फ्रान्सको जितमा एमबाप्पेले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । अन्तिम समयमा फ्रान्सले पेनाल्टी पाएपनि एन्टोइन ग्रिजमनले सदुपयोग गर्न सकेनन् ।

खेलको शुरुवातमा घरेलु टोली स्वीडेनले दवावमा राखेपनि फ्रान्सको रक्षापङ्ति तोड्न सकेन । १४औं मिनेटमा इमिलि फोर्सवर्गको फितलो क्रस एनगोलो कान्टेलाई डिफ्लेक्ट हुदै बाहिरिएको थियो । लगत्तै प्राप्त कर्नरमा पाएरे विङ्सटनले प्रयास गरेपनि पोस्टबाट थोरै बाहिरिदा स्वीडेन अग्रता लिनबाट चुक्यो ।

३८औं मिनेटमा फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले मार्कुस वर्गको क्लोज रेन्जको प्रहारलाई बचाए । रिवाउन्डमा फोर्सवर्गको प्रहारल् पोस्टको दिशा लिन सकेन । ४१औं मिनेटमा फ्रान्सले एमबाप्पेको गोलबाट खेलमा १–० को अग्रता लिन सफल भयो ।

फ्रान्सले खेलमा पाएको पहिलो अवसरलाई नै गोलमा परिणत गर्न सफल भएको हो । एमबाप्पले पेनाल्टी बक्समा बललाई उत्कृष्ट नियन्त्रणमा लिदै दुई डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै क्लोज रेन्जबाट उत्कृष्ट फिनिस गरेका थिए ।

६३औं मिनेटमा एमबाप्पेको क्रसमा एन्टोइन ग्रिजमनले अवसर पाएपनि उनले भेट्न नसक्दा स्वीडिस डिफेन्डरले क्लियर गरिदिए । ६६औं मिनेटमा सेवास्टियन लार्सनको प्रहारमा लोरिस नै बाधक बन्दा फ्रान्सले अग्रता जोगाइराख सफल भयो । ७६औं मिनेटमा ग्रिजमनले अवसर पाएपनि उनको प्रहार आकासियो ।

८९औं मिनेटमा फोर्सवर्गले खेललाई बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । उनको उत्कृष्ट प्रहारलाई लोरिसले उत्तिकै राम्रो बचाउ गरेका थिए । त्यसपछि स्वीडनले लगातार दुई आक्रमण बुनेपनि गोल गर्न नसक्दा पराजित हुन बाध्य बन्यो । इन्न्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्कुस वर्गले प्रहारलाई राफयल भरानले क्लियर गरिदिए । त्यसपछि जोन गुइडेट्टीको प्रहार पोस्६बाट थोरै बाहिरिएको थियो ।

इन्ज्युरी समयमा फ्रान्सले पेनाल्टी पाएपनि ग्रिजमनले सदुपयोग गर्न सकेन । भिक्टर निल्सन लिन्डेलफले एन्थोनी मार्सियललाई पेनाल्टी बक्समा फल गरेपछि प्राप्त पेनाल्टीमा ग्रिजमनको प्रहार क्रसबारमा लागेर बाहिरियो ।

यही समूहको अर्काे खेलमा पोर्चुगलले क्रोएसियामाथि ४–१ को सानदार जित हात पारेको छ । यससँगै लिग ‘ए’ –३ मा पोर्चुगल ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । फ्रान्स ३ अंक जोडेर दोस्रो स्थानमा रहँदा अंकविहीन स्वीडेन र क्रोएसिया तेस्रो र पुछारमा छ ।

अन्य खेल

‘सी’ – २
नर्थ म्यासेडोनिया
विरुद्ध अर्मेनिया (–१)
इस्टोनियाविरुद्ध जर्जिया (०–)

‘डी’ – २
ज्रिबाल्टार
विरुद्ध सान मारिनो (–०)

‘ए’ –२
आइसल्यान्डविरुद्ध इंग्ल्यान्ड (०–)
डेनमार्कविरुद्ध बेल्जियम (०–)
‘सी’ १
अजरवैजानविरुद्ध लक्जेमवर्ग (१–)
साइप्रसपिरुद्ध मोन्टेनेग्रो (०–)

‘ए’ ३
पोर्चुगल
विरुद्ध क्रोएसिया (–१)
स्वीडेनविरुद्ध फ्रान्स (०–)

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.