5 years ago
September 6, 2020
एजेन्सी – इन्ज्युरी समयमा घरेलु टोलीका बिर्किर बिजारसन पेनाल्टीमा चुक्दा इंग्ल्यान्डले युईएफए नेसन्स लिगमा विजयी सुरुवात गरेको छ । शनिबार राति तनावपुर्ण बनेको खेलमा आइसल्यान्डमाथि १–० को कठिन जित निकालेको हो ।

आइसल्याण्डको मैदानमा भएको खेलमा इंग्ल्यान्डलाई जिताउन रहिम स्टर्लिङले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो । स्टर्लिङले पेनाल्टीमा निर्णायक गोल गरेका थिए । खेलको इन्ज्युरी समयमा नै घरेलु टोलीले पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएपनि बिर्किर पेनाल्टीमा चुक्दा घरेलु टोली इंग्ल्यान्डसँग पराजित हुन पुग्यो । दुबै टिम १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

७७ प्रतिशत बल पोजेसन राखेपनि इंग्ल्यान्डले गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । खेलको तेस्रो मिनेटमा नै कप्तान ह्यारी केनको प्रहारलाई आइसल्यान्डका गोलरक्षक हालिस थोर हाल्डोरसनले सहजै नियन्त्रणमा लिए । सातौ मिनेटमा रहिम स्ट्रलिङको क्रसमा इरिक डायरले मिलाइदिएको बलमा केनले गोल गरेपनि उनी अफसाइड ठहरिए । १७औं मिनेटमा जाडोन सान्चोको पासमा डिक्लन राइसको प्रहारलाई आइसल्यान्डका डिफेन्डरले लाइनबाट क्लियर गरिदिदा इंग्ल्यान्ड अग्रता लिनबाट चुक्यो ।
६२औं मिनेटमा जेम्स वार्ड प्रोसको प्रहारमा डिफेन्डर बाधक बन्यो । ६४औं मिनेटमा काइरन ट्रिपिएरको प्रहार पोस्टबाट थोरै बाहिरियो । ७०औं मिनेटमा इंग्ल्यान्ड १० खेलाडीमा समेटियो । अर्नर इंग्भी ट्राउट्सनमाथि फल गरेपछि केएल वाल्कर दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिए । १० खेलाडीमा समेटिएपनि इंग्ल्यान्डले आइसल्यान्डमाथि लगातार दवाव सिर्जना गरेको थियो ।
८८औं मिनेटमा इंग्ल्यान्डले पेनाल्टीको अवसर प्राप्त गर्दा आइसल्यान्ड पनि १० खेलाडीमा समेटियो । आइसल्याण्डका डिफेन्डर स्भेररिर इंगी इन्गासनले पेनाल्टी बक्समा हातले बल रोकेपछि उनी दोहोरो पँहेललो कार्ड खादै मैदानबाट बाहिरिदा इंग्ल्यान्डले पेनाल्टीको अवसर पाएको थियो । जसमा स्टर्लिङ चुकेनन् । र इंल्यान्डलाई १–० को अग्रता दिलायो ।
तर त्यसको एक मिनेट नबित्दै आइसल्यान्डले पनि पेनाल्टीको अवसर पायो । इंग्ल्यान्डका जोसेप गोमेजले होल्मबेर्ट आरोनलाई आफ्नो डिबक्सभित्र फल गरेपछि आइसल्याण्डले पेनाल्टीको अवसर पाएको थियो । तर, बिर्किर बिजारसनको पेनाल्टी प्रहार बाहिरिदा घरेलु टोली खेल बराबरी गर्न बाट चुक्दै पराजित हुन पुग्यो ।
जितसँगै लिग ‘ए’ समूह २ मा इंग्ल्यान्डले ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । बेल्जियम ३ अंक जोडेर शीर्षस्थानमा छ । अंकविहीन आइसल्यान्ड र डेनमार्क तेस्रो र पुछारमा छ ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]