default_image

5 years ago

September 6, 2020

डेनमार्कमाथि बेल्जियमको सहज जित

123 views

0 Bookmark

एजेन्सी – युईएफए नेसन्स लिगमा बेल्जियमले डेनमार्कलाई पराजित गरेको छ । बेल्जियमले डेनमार्कमाथि उसकै मैदानमा २–० को सहज जित निकालेको हो ।

कोपेनहेगनमा शनिबार राति भएको खेलमा बेल्जियमको जितमा जासोन डिनायर र ड्रिएस मेर्टिन्सले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक–एक गोल सम्भव भएको थियो । खेलको नवौं मिनेटमा नै जासोन डिनायरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । उनले ड्रिएस मेर्टिन्सको कर्नरलाई वान टचमा फिनिस गरेका थिए ।

१२औं मिनेटमा मार्टिन ब्रेथवेटको प्रहार बाहिरिदा डेनमार्क बराबरीबाट चुक्यो । १६औं मिनेटमा क्रिस्टियन इरिक्सनको फ्रिकिक पोस्टबाट थोरै बाहिरिदा डेनमार्क बराबरीबाट चुक्यो । २२औं मिनेटमा बेल्जियमका यान्निक कारास्कोको पासमा रोमेलु लुकाकुको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३२औं मिनेटमा टिमुथी कास्टाग्नेको प्रहार बाहिरिदा बेल्जियम अग्रता दोब्बर पार्नबाट चुक्यो । ५०औं मिनेटमा बेपल्जयमका थोर्गन हाजार्ड चुके । ७६औं मिनेटमा ड्रिएस मेर्टिन्सले गोल गर्दै बेल्जियमलाई २–० ले अघि बढाए ।

पेनाल्टी बक्समा रोमेलु लुकाकुले प्रहार गर्न नसकेको बललाई युरी टिलेमान्सले गरेको प्रहार रिवाउन्ड फर्कदा मेर्टिन्सले गोल गर्न सफल भएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बेल्जियम २–० ले विजयी हुन सफल भयो ।

यस जितसँगै बेल्जियम लिग ‘ए’ समूह २ मा ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक रहेपनि इंग्ल्यान्ड दोस्रो तथा अंकविहीन आइसल्यान्ड र डेनमार्क तेस्रो र पुछारमा छ ।

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

December 18, 2025

एमबाप्पेको २ गोलमा रियलको जित

एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]

Success

Thank you for your time.