default_image

5 years ago

September 11, 2020

हिगुआइन बेकह्यामको क्लबमा

130 views

0 Bookmark


एजेन्सी – अर्जेन्टिनी फरवार्ड गोन्जालो हिगुआइन एमएलएस टोली इन्टर मायमीमा आबद्ध हुने भएका छन् । सन् २०१६ मा युभेन्ट्समा आबद्ध भएका ३२ वर्षे हिगुआइन टोलीमा पूर्व सहकर्मी ब्लेसे माटुइडीसँग फेरि एक पटक सँगै हुने भएका छन् ।

युभेन्ट्ससँगको सम्झौता अर्को वर्षमा सकिने भएपछि दुवै पक्ष यो सिजनमा क्लब छाड्नका लागि सहमत भएका थिए । इटालियन सञ्चारमाध्यमका अनुसार हिगुआइन मायमीसँग सम्झौता गर्नका लागि अमेरिका पुगिसकेका छन् । मायमी पूर्व फुटबल स्टार डेभिड बेकह्यामको टोली हो ।

बेकह्याम र हिगुएनले २००६-०७ को सिजनसँगै रियल म्याड्रिडमा बिताएका थिए । मायमीले केहि घन्टामा हिगुआइनलाई सार्वजनिक गर्ने छ । युभेन्ट्सले पनि उनले क्लब छाडेको पक्का गरेको छ । युभेन्ट्सबाट हिगुआइनले १ सय ४९ खेलमा ६६ गोल गर्नुका साथै १६ एसिस्ट गरेका थिए ।

हिगुआइन एमएलएस क्लब पुगेसँगै उनको १४ वर्षे युरोप बसाई सकिएको छ । हिगुआइनले १४ वर्ष युरोपमा रहँदा रियल म्याड्रिड, नेपोली, युभेन्टस, एसी मिलान र चेल्सीबाट व्यवसायिक खेल खेलेका थिए । युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रिए पिर्लोले उनीसँग व्यक्तिगत छलफल गर्दै आफ्नो योजनामा नरहेेको जानकारी दिएका थिए ।

अर्जेन्टिनी क्लब रिभर प्लेटबाट खेल जीवन शुरु गरेका हिगुआइनले २००७ देखि २०१३ सम्म स्पेनिस क्लब रियल म्याड्रिडबाट खेलेका थिए । उनले रियलबाट २६४ खेलमा १२१ गोल गरे । त्यसपछि इटालियन क्लब नेपोलीमा तीन सिजन बिताएका हिगुआइनले १४६ खेलमा ९१ गोल गरे ।

त्यसपछि युभेन्टस पुगेका हिगुआइनले युभेन्टसबाट १४८ खेलमा ६६ तथा लोनमा एसी मिलानबाट २२ खेलमा ८ तथा इंग्लिस क्लब चेल्सीबाट १९ खेलमा ५ गोल गरेका थिए ।

उनले रियलबाट तीनपटक ला लिगा, दुईपटक सुपर कोपा र एकपटक कोपा डेल रे जितेका छन् । नेपोलीबाट समान एकपटक कोपा इटालिया र सुपरकोपा जितेका छन् । यस्तै युभेन्टसबाट तीनपटक सिरी ‘ए’, दुईपटक कोपा इटालिया र चेल्सीबाट एकपटक युरोपा लिग जितेका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.