5 years ago
September 11, 2020
एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले अर्को महिना विश्वकप छनोटअन्तर्गत हुने खेल खेल्न पाउने भएका छन् ।

गत वर्ष जुलाईमा भएको कोपा अमेरिकाको दौरान मेस्सी प्रतिबन्धमा परेका थिए । तेस्रो स्थानको खेलमा चिलीविरुद्ध खेल्दा मेस्सी र मिडफिल्डर ग्यारी मेडेलबीच वादविवाद हुँदा रेफ्रीले दुवै खेलाडीलाई रातो कार्ड देखाएका थिए । मेस्सीले उक्त निर्णयविरुद्ध दिएको अभिव्यक्तिललाई लिएर दक्षिण अमेरिकी फुटबलको सर्वोच्च संस्था कन्मेबलले मेस्सीलाई कारवाही गरेको थियो ।
मेस्सीले उक्त प्रतियोगिता ब्राजिललाई जिताउने हेतुले नै आयोजना गरेको आरोप लगाएका थिए । निकै आक्रोशित देखिएका मेस्सीको उक्त अभिव्यक्तिलाई कन्मेबलले निकै गम्भीर रुपमा लिएको जनाएको थियो । उक्त प्रतियोगिताको फाइनलमा ब्राजिलले पेरुलाई ३-१ ले पराजित गर्दै उपाधि जितेको थियो ।
मेस्सीलाई कन्मेबलले एक प्रतिस्पर्धात्मक खेलमा प्रतिबन्धको घोषणा गरेको थियो । गत वर्ष नै अर्जेन्टिनाले ब्राजिल र उरुग्वेसँग मैत्रीपूर्ण खेल खेल्दा पनि मेस्सी उक्त खेलका लाग्य योग्य थिए । तर कोरोना भाइरसका कारण २०२० मा कुनै अन्तर्राष्ट्रिय खेल हुन नसक्दा मेस्सीले प्रतिबन्ध भोग्ने खेल आयोजना नै हुन सकेन ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्धविरुद्ध अपिल गर्दै विश्वकप छनोटको इक्वेडर र बोलिभियाविरुद्ध खेलमा मेस्सी खेल्न पाउनु पर्ने माग गरेका थिए । उनले प्रतिबन्धको हद पार भइसकेको जनाउँदै मेस्सीले खेल्न पाउनुपर्ने दावी गरेका थिए ।
कन्मेबलले उक्त अपिलको अध्ययन गर्दै मेस्सीको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएको छ । यससँगै मेस्सीले विश्वकप छनोट अन्तर्गत अर्को महिना हुने खेलमा अर्जेन्टिनाबाट खेल्न पाउनेछन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]