default_image

5 years ago

September 11, 2020

प्यानिच बार्सिलोना आए

121 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब युभेन्टस तथा बोस्निया एन्ड हर्जगोभिनाका मिडफिल्डर नयाँ सिजनको लागि क्याटलान क्लब बार्सिलोनामा आएका छन् ।

कोरोना संक्रमणबाट मुक्त हुदै प्यानिच प्राइभेट प्लेनबाट शुक्रबार बार्सिलोना पुगेका हुन् । कोरोना संक्रमण पुष्टि भएसँगै दुई सातासम्म टुरिनमै सेल्फ आइसोलेसनमा रहँदा ३० वर्षीय प्यानिच बार्सिलोना आउन ढिलाई भएको थियो ।

उनले बार्सिलोनाको प्रशिक्षण जोडिनुअघि ला लिगाको नियअनुसार अनिवार्य पिसिआर टेष्ट गराउनुपर्नेछ । प्रोटोकल अनुसार दोस्रोपटक पिसिआर टेष्ट गर्नुअघिसम्म उनले एक्लै प्रशिक्षण गर्नुपर्नेछ । स्टार लिओनल मेसी, फिलिप कौटिन्हो पनि पूर्ण प्रशिक्षणमा सामेल हुनुअघि एकल प्रशिक्षणमा सहभागी रहेका थिए ।

क्याटलान क्लबले प्यानिचलाई अर्को हप्ता प्रस्तुत गर्ने जनाएको छ । प्यानिचले बार्सिलोना आउनु नै आफ्नो सपना पुरा भएको बताएका थिए । क्याटलान क्लब बार्सिलोनाले २९ जुन २०२० मा प्यानिचलाई क्लबका मिडफिल्डर आर्थर मेलोलाई युभेन्टस पठाउँदै बेग्लाबेग्लै सम्झौता गरेको थियो ।

आर्थरले पनि युभेन्टसमा प्रशिक्षण सुरु गरिसकेका छन् । युभेन्टसका नयाँ प्रशिक्षक आन्द्रीए पिर्लोको नेतृत्वमा युभेन्टसले अर्को सिजनको लागि टोली निर्माण पनि सुरु गरिसकेको छ । यसक्रममा मिडफिल्डर ब्लेस माटुइडी र गोन्जालो हिगुआइनले क्लब छाड्दा अमेरिकी मिडफिल्डर वेस्टन मक्केनी टुरीन आएका छन् ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.