5 years ago
September 12, 2020
एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटाली तथा इटालियन सिरी ‘ए’ क्लब रोमाका डिफेन्डर एलेसान्द्रो फ्लोरेन्जीलाई अनुबन्ध गरेको छ ।

पीएसजीले राइट ब्याक फ्लोरेन्जीलाई एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो । सम्झौतामा पीएसजीले २९ वर्षीय लेफ्ट ब्याक फ्लोरेन्जीलाई प्रदर्शनको आधारमा स्थायी खेलाडी बनाउन सक्ने शर्त पनि राखेको छ । फ्लोरेन्जीले गत जनवरीदेखि लोनमा स्पेनिस क्लब भ्यालेन्सिया पुगेका थिए ।
‘म पीएसजीको खेलाडी बन्न पाएकोमा गर्व र खुसी छु,’ उनले क्लबको आधिकारिक वेवसाइटमा भने, ‘पीएसजी युरोपको प्रतिष्ठित क्लब हो । जसले गत महिना युइएफए च्याम्पियन्स लिगको फाइनल खेल्दै पुष्टि गरेको छ । म पीएसजी र क्लबको समर्थकलाई दुःखी तुल्याउने छैन । यो सिजन हामीलाई चुनौती छ । नयाँ टोलीसँग नयाँ सिजनमा खेल्न पाउँदा खुसी पक्कै छु ।’

भर्सटाइल फ्लोरेन्जीको आगमनले क्लबले राइट ब्याकमा थोमस म्युनियरको अभाव पुर्ति हुने विश्वास लिएको छ । म्युनियर सिजनको अन्त्यसँगै फ्रि एजेन्टमार्फत जर्मन क्लब बोरुसिया डर्टमुन्ड पुगिसकेका छन् । च्याम्पियन्स लिगको फाइनलमा थिलो केहररले तथा लिग वानको पहिलो खेलमा लेभिन कुर्जावा र युवा खेलाडी कोलिन डग्वाले राइट ब्याक सम्हालेका थिए ।
२०१० देखि टोलीमा रहेका कप्तान फ्लोरेन्जोले रोमाको लागि २८० खेलमा २८ गोल गरेका छन् । गत सिजन क्रुसिएट नि लिगामेन्ट इन्ज्युरीका कारण लामो समय मैदान बाहिर रहनु परेपछि फ्लोरेन्जोले कमै मात्रमा अवसर पाउदा जनवरीमा लोनमा भ्यालेन्सिया पुगेका थिए । उनले रोमालाई तीन सिजन सिरी ‘ए’ को उपविजेता बनाउन सफल भएका थिए । उनले गत सिजन भ्यालेन्सियाबाट १४ खेल खेलेका थिए ।
फ्रेन्च च्याम्पियन पीएसजीले नयाँ सिजनका लागि लोनमा पीएसजीमा रहेका मोउरो इकार्डी र सर्जियो रिकोलाई स्थायी खेलाडी बनाएको छ । लिग वानको नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १–० ले स्तब्ध भएको पीएसजीले दोस्रो खेलमा आइतबार मार्सेसँग खेल्दैछ ।
मार्सेविरुद्ध पनि पीएसजी आफ्नो स्टार खेलाडीविनै मैदान उत्रने सम्भावना छ । पीएसजीका पहिलो रोजाईका ७ खेलाडीलाई कोरोना देखिएको थियो । स्टार खेलाडी नेयमार कोरोनामुक्त हुदै प्रशिक्षणमा सामेल भइसकेका छन् ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]