default_image

5 years ago

September 12, 2020

प्रिमियर लिग आज सुरु हुँदै

178 views

0 Bookmark

एजेन्सी – डेढ महिना भन्दा केहि दिनपछि विश्व फुटबलको चर्चित फुटबल मध्येको इंग्लिस प्रिमियर लिग शनिबार सुरु हुँदैछ । सन् २०२०/२१ सिजनको उद्घाटन खेल फुलह्याम र आर्सनलबीच हुनेछ ।

फुलह्यामको मैदानमा हुने खेल नेपाली समय अनुसार ५ः१५ बजे सुरु हुनेछ । कोरोना भाइरसका कारण प्रभावित गत सिजनको लिग जुलाईको अन्यमा सकिएको थियो ।

२० टोलीको सहभागिता रहने लिगमा लिभरपुल यसपटक लिग उपाधि रक्षा गर्न सक्ला भन्ने प्रश्न पनिसँगै जोडिएर आउने गर्छ । लिगको २८ सिजनमा ८ टोलीले मात्र लगातार उपाधि रक्षा गरेको इतिहास छ ।

‘दमदार सुरुवातको अपेक्षा गरेका छौं’, प्रिमियर लिगका प्रमुख कार्यकारी रिचार्ड मास्टर्सले भने, ‘फेरि पनि लिग प्रतिस्पर्धात्क हुनेछ । इतिहास हेर्दा पनि लगातार उपाधि जित्न कठिन देखिएको छ ।’

गत सिजन लिभरपुललाई पछ्याउनेमा म्यानचेस्टर सिटी थियो । तर, ती दुई टोलीबीको अंक अन्तरपछि फराकिलो थियो । लिभरपुल, सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी जस्ता टोली लिगका सदाबहार दाबेदार मानिन्छन् ।

लेस्टर सिटीले फेरि पनि शीर्ष चार भित्र पर्न सक्छ कि सक्दैन भन्नेमा पनि धेरैका चासो हुने गर्छ । जोसे माउरिन्होले टोटेनह्यमलाई च्याम्पियन्स लिगमा टोलीलाई छनोट गराउन सक्लान् । आर्सनलको प्रदर्शन कस्तो रहँला त्यतिकै उत्साहजनक विषय हुनेछ ।

प्रिमियर लिगमा शनिबारका खेल

फुलह्यामविरुद्ध आर्सनल साँझ – ५ः१५ बजे

बर्नलीविरुद्ध म्यानचेस्टर युनाइटेड – स्थगित

क्रिस्टल प्यालेसविरुद्ध साउथह्याम्टन – साँझ ७ः४५ बजे

म्यानचेस्टर सिटीविरुद्ध एस्टन भिल्ला – स्थगित

लिभरपुलविरुद्ध लिड्स युनाइटेड – राती १०ः१५ बजे

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.