default_image

4 years ago

September 12, 2020

नेयमार पुमासँग अनुबन्धित

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग जोडिएका छन् । यसअघि लामो समय नाइकीसँग जोडिएका नेयमारले शनिबार जर्मनीको खेल सामग्री उत्पादक कम्पनी पुमासँग प्रायोजन सम्झौता गरेका हुन् । नेयमार र पुमाबीचको साझेदारीको समाचार सोसल मिडियामा ‘किङ इज ब्याक’ शीर्षकको सन्देशमा घोषणा गरिएको थियो […]

36 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार फरवार्ड नेयमार जुनियर खेल सामाग्री उत्पादक कम्पनी पुमासँग जोडिएका छन् ।

यसअघि लामो समय नाइकीसँग जोडिएका नेयमारले शनिबार जर्मनीको खेल सामग्री उत्पादक कम्पनी पुमासँग प्रायोजन सम्झौता गरेका हुन् । नेयमार र पुमाबीचको साझेदारीको समाचार सोसल मिडियामा ‘किङ इज ब्याक’ शीर्षकको सन्देशमा घोषणा गरिएको थियो ।

विश्व चर्चित अमेरिकी कम्पनी नाइकीसँग दुई साताअघि १५ वर्षको लामो सम्झौता तोडेर २८ वर्षीय नेयमार पुमासँग जोडिएका हुन् । उनले १५ वर्षको अवधिमा ७८ मिलियन नाइकीबाट कमाएका थिए ।

नेयमार र पुमाबीच सम्झौता अवधि र रकमबारे केही खुलाइएको छैन । सम्झौतासँगै नेयमारले अब पुमाको पौराणिक ‘पुमा किङ्स फुटबल बुट्स’ सहित पुमाले उत्पादन गरेका अन्य खेल सामग्री प्रयोग गर्नेछन् । उनले आफ्नो जीनवशैली, प्रशिक्षणसँगै खेलसँगको अन्य गतिविधिमा पुमाको उत्पादन लगाउनुपर्नेछ ।

नेयमारले आफु फुटबलका लेजेन्ड ब्राजिली पेले, अर्जेन्टिनी डिएगो म्यारोडोना, डच योहान क्रुएफ, माथाअस र युसिवोबाट प्रभावित भएर पुमासँग जोडिएको बताएका छन् । यि स्टार लेजेन्ड खेलाडीहरु पनि आफ्नो समयामा पुमासँग जोडिएका थिए ।

‘यि पिचको राजा हुन् । मेरो खेलको राजा । म ति खेलाडीहरुले पिचमा सिर्जना गरेको लिगेसी फिर्ता ल्याउन चहान्छु । तिनीहरु प्रत्येकले पुमामा खेले र तिनीहरु सबैले जादु सिर्जना गरे,’ सम्झौता पछि नेयमारले भने, ‘जहिले म मेरो किङको जुत्ता लगाउछु । म मेरो नामको सम्मान गर्न र मेरा सपनाहरु प्राप्त गर्न केही गर्नेछु । ति महान् व्यक्तिहरु जसले मेरो सामु किङ लगाएका थिए । यो मेरो पुमामा इतिहास हुनेछ । ‘दि किङ इज ब्याक’ ।

नेयमार १३ वर्षको छँदादेखि नै नाइकीले प्रायोजन गरेको थियो । २०२२ सम्म सम्झौता रहेपनि आन्तरिक विषयमा नमिल एक वर्ष बाँकी छदै सम्झौता रद्द भएको थियो । नाइकीले स्टार खेलाडी नेयमार गुमाउदा पुमाले आफ्नो ब्रान्मा नयाँ अनुहार प्राप्त गर्नेछन् ।

पुमाका सिइओ बिजोर्न गुल्देनले नेयमारलाई आफ्नो कम्पनीमा पाएको खुसी व्यक्त गर्दै नेयमार जुनियर हाम्रो पुमा परिवारमा सामेल हुनु कम्पनीले लागि राम्रो रहेको बताएका छन् । ‘उनी विश्वका सर्वश्रेष्ठ र युवा स्तिाका लागि प्रभावशाली खेलाडी हुन् । हामी धेरै उत्साहित छौं । र पिच र बाहिर उनलाई हेर्नेछौं,’ सिइओ बिजोर्न गुल्देनले भने ।

पुमाले क्याटलान क्लब बार्सिलोनाका फ्रेन्च फरवार्ड एन्टोइन ग्रिजमन, लुइस सुआरेज र इंग्लिस क्लब म्यानचेस्टर सिटीका सर्जियो अगुइरोलगायतलाई प्रायोजन गरेका छन् । पुमाले म्यानचेस्टर सिटी र एसी मिलानलाई पनि किट स्पोन्सर गरेको छ ।

कीर्तिमानी धावक उसेन बोल्टलाई पनि पुमाले प्रायोजन गरेको थियो । उनले सन्यास लिएपछि पुमा ठुला स्टारसँग सम्झौतामा खोजीमा रहेका थिए । नेयमारले ब्राजिल, स्पेन र फ्रान्समा थुप्रै उपाधि जितेका छन् । उनी ओलम्पिक गोल्ड मेडलिस्ट पनि हुन् । नेयमारले ब्राजिलका लागि १०१ खेलमा ६१ गोल गरेका छन् । उनी ब्राजिलबाट सर्वाधिक गोल गर्नेमा तेस्रो स्थानमा रहेका छन् ।

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.