5 years ago
September 12, 2020
एजेन्सी – यसै सिजन लन्डन क्लब चेल्सीबाट अर्काे लन्डन क्लब आर्सनल पुगेका ब्राजिली विंगर विलियनले उत्कृष्ट प्रदर्शन गरेपछि आर्सनलले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको हो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल गरे । विलियनले आर्सनलको तीनै गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।
फुलहमको मैदान क्राभेन कटेजमा शनिबार राति भएको खेलमा आर्सनलले खेलेको आठौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता लिएको थियो । कप्तान औवामियाङको क्रसलाई ग्रानिट झाकाको लो सटलाई फुलहमका डिफेन्डर टिम रिमले क्लियर गर्ने प्रयास गरेपनि राम्रोसँग क्लियर गर्न सकेनन् । उक्त बललाई विलियनले प्रहार गरेपनि गोलरक्षक मारेक रोडाकले बचाउन नसक्दा रिवाउन्डमा लाकाजेटले पोस्ट नजिकैबाट गोल गर्न सफल भएका थिए ।
२७औं मिनेटमा यसै सिजन चेल्सीबाट आर्सनल पुगेका विलियनको प्रहार पोस्टमा लागेर फर्कदा विलियन डेब्यु गोलबाट तथा आर्सनल अग्रता दोब्बर पार्नबाट चुक्यो । ३७औं मिनेटमा कप्तान औवामियाङको प्रहार फुलहमका गोलरक्षक रोडाकले बचाए । पहिलो हाफमा आर्सनलले १-० को अग्रता लियो ।

४९औं मिनेटमा ग्याब्रिल माघलेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । विलियनको कर्नरमा ग्याब्रिलले आर्सनलका लागि प्रिमियर लिग डेब्युमै गोल गर्न सफल भए । ५६औं मिनेटमा एब्डोउबाकर कामाराको फ्रिकिकलाई लाकाजेट्टीले हेडरमार्फत क्लियर गर्दै बचाएपछि घरेलु टोली फुलहम गोल अन्तर घटाउनबाट चुक्यो ।
लगत्तै ५७औं मिनेटमा कप्तान औवामियाङले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए । उनले विलियनकै पासमा गोल गरेका थिए । ७१औं मिनेटमा औवामियाङको क्रसमा लाकाजेटको प्रहारलाई फुलहमका गोलरक्षक रोडाकले उत्कृष्ट बचाउ गर्दै अर्काे गोल टारे । ७७औं मिनेटमा हेक्टर बर्लिनको पासमा औवामियाङको अर्काे प्रहारमा रोडाक नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल ३–० ले विजयी हुन सफल भयो ।
December 17, 2025
एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]
December 17, 2025
एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]
December 17, 2025
एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]