default_image

5 years ago

September 13, 2020

मेस्सी नै बार्सिलोनाको कप्तान

209 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी स्टार फरवार्ड लियोनेल मेस्सी नै क्याटलान क्लब बार्सिलोनाको कप्तान रहने भएका छन् । बार्सिलोनाले शनिबार मेस्सी नै यो सिजनको कप्तान रहेको पक्का गरेको हो ।

सन् २०१८ देखि बार्सिलोनाको कप्तानी सम्हालिरहेका मेस्सीले नयाँ सिजन सुरु हुनुअघि नै क्लब छाड्ने निर्णय र नाटकीय रुपमा बार्सिलोना बस्न यु टर्न भएपछि क्लबको कप्तान को हुने भन्नेमा प्रश्न उब्जिएको थियो ।

अब ३३ वर्षीय मेस्सीले नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको अन्डरमा बार्सिलोनाको कप्तानी सम्हाल्नेछन् । बार्सिलोनाले सर्जियो बुस्क्वेट्स, जेरार्ड पिके र सर्जी रोबर्टाेलाई दोस्रो, तेस्रो र चौथो कप्तान रहनेछन् ।

बार्सिलोनाले चारै खेलाडीलाई एक साथ राख्दै मेस्सी, बुस्क्वेट्स, पिके र रोबर्टाेले यस सिजन बार्सिलोनाको कप्तानी सम्हाल्ने बताएका छन् । सन् २०१८ मा आन्द्रेस इनिष्टाले बार्सिलोना छाडेपछि अर्जेन्टिनी स्टार मेस्सी नै बार्सिलोनाको कप्तान रहँदै आएका छन् । अब बार्सिलोनामा मेस्सीको कप्तानी तेस्रो सिजनमा चल्नेछ ।

यस्तै क्याटलान क्लब बार्सिलोनाले प्रि–सिजनको मैत्रीपुर्ण खेलमा सहज जित हात पारेको छ । बार्सिलोनाले दोस्रो डिभिजिनको क्लब जिम्नास्टिक डि टारागोनामाथि ३–१ को सहज जित हात पारेको हो ।

बार्सिलोनाको सहज जितमा औसमाने डेम्वेले, एन्टोइन ग्रिजमन र फिलिपे कौटिन्होले गोल गरे । जिम्नास्टिकका जाभी बोनिल्लाले एक गोल फर्काए । बार्सिलोना छाड्ने सनसनी पुर्ण निर्णय गरेर यु टर्न भएका अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले टोलीको कप्तानी गर्दै पहिलो खेल खेले । उनले पहिलो हाफ खेलेका थिए ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.