default_image

5 years ago

September 13, 2020

लिभरपुलको जितमा सलाहको ह्याट्रिक

180 views

0 Bookmark

एजेन्सी – फरवार्ड मोहमद सलाहले ह्याट्रिक गरेपछि च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४-३ ले पराजित गरेको छ ।

आक्रामक रणनीतिका साथ उत्रिएका दुई टोलीबीच खेलको पहिलो हाफमा नै ५ गोल सम्भव भएको थियो । प्रिमियर लिगमा १६ वर्षपछि पुनरागमन गरेको लिड्सका लागि सुरुवात भने राम्रो हुन सकेन । तेस्रो मिनेटमा नै लिभरपुलका मोहमद सलाहको प्रहार डिफेन्डर रोबिन कक्को हातमा लागेपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले सहजै पेनाल्टीमा गोल गर्दै च्याम्पियन लिभरपुललाई अघि बढाए ।

गत वर्ष च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको लिड्सले १२ औं मिनेटमा नै खेल बराबरीमा ल्यायो । काल्भिन फिलिप्सको लामो पासलाई ज्याक ह्यारिसनले पहिलो टचमा उत्कृष्ट नियन्त्रण गर्दै डिफेन्डर बिट गरे । दोस्रो टचमा पेनाल्टी क्षेत्रतर्फ बल बढाएका उनले तेस्रो टचमा गरेको प्रहार गोलरक्षक एलिसन बेकरले बचाउन सकेनन् ।

लिभरपुलले २० औं मिनेटमा नै अग्रता पुन: स्थापना गर्यो । एन्ड्रयु रोबर्टसनको कर्नरमा भर्जिल भान डाइकको शक्तिशाली हेडर गोलरक्षक इयान मेइलरले बचाउन सकेनन् । तर ३० औं मिनेटमा भान डाइककै गल्तीमा लिड्स खेलमा फर्कियो । डच डिफेन्डरले लामो पासलाई क्लियर गर्न नसक्दा बामफर्डले उक्त बललाई पोस्टको दिशा दिए । बामफर्डको प्रहार गोलरक्षक एलिसनको हातमा लागेपनि उनले स्कोर बराबर हुनबाट रोक्न सकेनन् ।

बराबरी भएको तीन मिनेट नबित्दै लिभरपुलले पुन: अग्रता लियो । मोहमद सलाहले फ्रिकिकमा रिबाउन्ड आएको बललाई पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेको अवस्थामा उत्कृष्ट नियन्त्रण गर्दै हाफ भलीमा सुन्दर गोल गरे । गोलरक्षक मेइलरले सलाहको टप कर्नरतर्फ गएको प्रहारमा हात पुर्याउन सकेनन् ।

पहिलो हाफमा १ गोलले पछि परेको लिड्सले दोस्रो हाफमा आफ्नो शैली कायम नै राख्यो । लिभरपुलले पनि आक्रामक रणनीतिलाई निरन्तरता दिएपनि पाएको अवसर सदुपयोग गर्न सकेन । जवाफमा ६६ औं मिनेटमा खेल पुन: बराबरीमा पुग्यो । हेल्डर कोस्टाको क्रसलाई म्याटुएज क्लिकले गोलमा परिणत गरे । क्लिकले पहिलो टचमा नियन्त्रण गर्दै प्रहार गरेको भलीलाई एलिसनले बचाउन सकेनन् ।

खेलको ८७ औं मिनेटमा लिभरपुलले चौथोपटक अग्रता लिने अवसर पायो । लिड्सका रोड्रीगो मोरेनोले फाबिन्होलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिए । सलाहले ह्याट्रिक पूरा गर्ने क्रममा पेनाल्टीमा गोल गर्दै जित पक्का गरे ।

यसअघि दिनको पहिलो खेलमा आर्सनलले नवप्रवेशी फुलहममाथि उसकै मैदानमा ३–० को जित निकाल्दै सानदार विजयी शुरुवात गरेको थियो । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, ग्याब्रिल र कप्तान पिएरे इमरिक औवामियाङले गोल गरे । विलियनले आर्सनलको तीनै गोलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

फुलहमको मैदान क्राभेन कटेजमा शनिबार राति भएको खेलमा आर्सनलले खेलेको आठौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता लिएको थियो । कप्तान औवामियाङको क्रसलाई ग्रानिट झाकाको लो सटलाई फुलहमका डिफेन्डर टिम रिमले क्लियर गर्ने प्रयास गरेपनि राम्रोसँग क्लियर गर्न सकेनन् । उक्त बललाई विलियनले प्रहार गरेपनि गोलरक्षक मारेक रोडाकले बचाउन नसक्दा रिवाउन्डमा लाकाजेटले पोस्ट नजिकैबाट गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा यसै सिजन चेल्सीबाट आर्सनल पुगेका विलियनको प्रहार पोस्टमा लागेर फर्कदा विलियन डेब्यु गोलबाट तथा आर्सनल अग्रता दोब्बर पार्नबाट चुक्यो । ३७औं मिनेटमा कप्तान औवामियाङको प्रहार फुलहमका गोलरक्षक रोडाकले बचाए । पहिलो हाफमा आर्सनलले १-० को अग्रता लियो ।

४९औं मिनेटमा ग्याब्रिल माघलेसले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । विलियनको कर्नरमा ग्याब्रिलले आर्सनलका लागि प्रिमियर लिग डेब्युमै गोल गर्न सफल भए । ५६औं मिनेटमा एब्डोउबाकर कामाराको फ्रिकिकलाई लाकाजेट्टीले हेडरमार्फत क्लियर गर्दै बचाएपछि घरेलु टोली फुलहम गोल अन्तर घटाउनबाट चुक्यो ।

लगत्तै ५७औं मिनेटमा कप्तान औवामियाङले गोल गर्दै आर्सनललाई ३–० को अग्रता दिलाए । उनले विलियनकै पासमा गोल गरेका थिए । ७१औं मिनेटमा औवामियाङको क्रसमा लाकाजेटको प्रहारलाई फुलहमका गोलरक्षक रोडाकले उत्कृष्ट बचाउ गर्दै अर्काे गोल टारे । ७७औं मिनेटमा हेक्टर बर्लिनको पासमा औवामियाङको अर्काे प्रहारमा रोडाक नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनल ३–० ले विजयी हुन सफल भयो ।

अर्को खेलमा क्रिस्टल प्यालेसले साउथह्याम्पटनमाथि १-० को जित निकाल्यो । घरेलु टोली प्यालेसको जितमा विल्फ्रिड जाहाले १३ औं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । जाहाले आन्ड्रोस टाउनसेन्डको क्रसमा पहिलो टचमा गरेको प्रहार गोल भएको थियो ।

December 17, 2025

बोनमाती र डेम्बेलेलाई फिफा ‘द बेस्ट’ अवार्ड

एजेन्सी- बार्सिलोनाकी आइताना बोनमाती र पेरिस सेन्ट–जर्मेन (पिएसजी) का उस्मान डेम्बेलेफिफा ‘द बेस्ट’ फुटबल अवार्ड जितेका छन्। कतारको दोहामा मंगलवार आयोजित विशेष समारोहमा बोनमातीले लगातार तेस्रो पटक फिफा वर्षकी उत्कृष्ट महिला खेलाडी को अवार्ड जितेर नयाँ इतिहास बनाइन्। उनी लगातार तीन वर्ष यो अवार्ड जित्ने पहिलो महिला खेलाडी बनेकी हुन्। क्लब र स्पेनको राष्ट्रिय टोली […]

December 17, 2025

बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा

एजेन्सी – बार्सिलोनाले ग्वाडालाजारालाई २-० ले पराजित गर्दै कोपा डेल रे को अन्तिम १६ मा स्थान बनाएको छ। खेलको सुरुवातमा बार्सिलोनाले गोल गर्ने अवसर पाए पनि पहिलो हाफमा गोल गर्न सकेन। ग्वाडालाजाराको रक्षापंक्तिले कडा प्रतिस्पर्धा प्रस्तुत गर्‍यो। दोस्रो हाफमा बार्सिलोना आक्रामक बन्यो। ७६औँ मिनेटमा आन्द्रेयास क्रिस्टेन्सनले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ९०औँ मिनेटमा मार्कस […]

December 17, 2025

चेल्सी लिग कपको सेमिफाइनलमा

एजेन्सी – चेल्सीले कार्डिफ सिटीलाई ३-१ ले पराजित गर्दै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। यो जितसँगै चेल्सी सेमिफाइनल पुग्ने पहिलो टोली बनेको हो। खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका आलेहान्द्रो गार्नाचो र पेद्रो नेटो चेल्सीका लागि निर्णायक बने। शनिबार एभर्टनविरुद्ध जितपछि प्रशिक्षक एन्जो मारेस्काले टोलीमा धेरै परिवर्तन गरेका कारण चेल्सीले सुरुवातमा लय समात्न सकेन। […]

Success

Thank you for your time.