5 years ago
September 13, 2020
एजेन्सी – स्पेनिस क्लब एट्लेटिको मड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिएगो सिमोनीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ सिजनको लागि प्रशिक्षण सुरु गर्नुअघि भएको परिक्षणमा ५० वर्षीय प्रशिक्षकलाई कोरोना पुष्टि भएको क्लबले जनाएको छ । कोरोना पुष्टि भएपनि प्रशिक्षकलाई कोरोनाको कुनै लक्षण नदेखिएको बताईएको छ । संक्रमित भएको थाहा पाउने बित्तिकै उनी सेल्फ आइसोलेसनमा बसिसकेका छन् ।
क्लबले गत सोमबारदेखि नै नयाँ सिजनको तयारी थालिसकेको छ । उनमा शनिबार राति कोरोना देखिएसँगै उनी कम्तीमा १४ दिन सेल्फ आइसोलेसनमा रहँदा टोलीको प्रशिक्षणमा सामेल हुन पाउनेछैनन् ।
‘उनलाई अहिलेसम्म कुनै लक्षण देखिएको छैन । उनी सेल्फ आइसोलेसनमा छन् । क्वारेन्टिनको समय पुरा गरेपछि उनी अभ्यासमा फर्कनेछन् । अभ्यास गत सोमबारबाट सुरु भएको छ,’ क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एट्लेटिकोले मंगलबार काडिजसंग मैत्रीपूर्ण खेल खेल्ने तय छ । सेप्टेम्बर २७ मा घरेलु मैदानमा ग्रानाडासँग खेल्दै एट्लेटिकोले ला लिगाको नयाँ सिजन सुरुवात गर्नेछ । क्लबका फरवार्ड डिएगो कोस्टा र डिफेन्डर स्याटियागो एरिसलाई समेत यसअघि कोरोना संक्रमण देखिएको थियो ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]