default_image

5 years ago

September 13, 2020

क्लोपद्वारा लिड्सको प्रशंसा

153 views

0 Bookmark

एजेन्सी – इंग्लिस च्याम्पियन लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले प्रिमियर लिगको नवप्रवेशी क्लब लिड्स युनाइटेडको प्रशंसा गरेका छन् ।

प्रिमियर लिग अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा लिभरपुलले लिड्समाथि ४-३ को जित दर्ता गरेको थियो । अघिल्लो सिजन दोस्रो श्रेणीको लिग उपाधि जित्दै शीर्ष श्रेणीमा बढुवा भएको लिड्सले लिभरपुललाई कडा प्रतिस्पर्धा दिएको थियो । प्रशिक्षक मार्सेलो बिएल्साको रणनीति र खेल्ने शैलीलाई लिभरपुलका प्रशिक्षक क्लोपले खेलपछि प्रशंसा गरे ।

‘म लिड्सका सबैलाई बधाई दिन चाहन्छु । लिड्स निकै राम्रो टोली हो । म विश्वास गर्न सकिरहेको छैन । म यस सिजन लिड्सका धेरै खेल हेर्छु होला । आज निकै राम्रो विपक्षीविरुद्ध राम्रो खेल भयो । दुवै टोलीले सानदार प्रदर्शन गरे । हेर्नेको लागि पनि खेल गजबको रहयो र मलाई मन पर्यो ।’

‘एकै खेलमा यति धेरै गोल हुनु सामान्य होइन । हामीले डिफेन्समा सुधार गर्ने धेरै ठाउँ देखेका छौं । पहिलो खेलमा यस्तो हुनु नयाँ भने होइन । केहि दिन अघि राष्ट्रिय टोलीका लागि खेलेर आएर पनि यस्तो अवस्था देखिएको हुन सक्छ ।’

‘विपक्षीको प्रदर्शनले नै हामी गल्ति गर्न बाध्य भयौं । हामीले राम्रो खेल्न सक्छौं र हामी राम्रो गर्छौं पनि । आज लिड्सजस्तो राम्रो टोलीसँग खेल मलाई मनपर्यो । हामीले उनीहरुलाई समस्या सिर्जना गर्यौं र अझै गोल गर्न सक्थ्यौं । हामीले सेट पिसको प्रयोग राम्रोसँग गर्यौं र गोल पनि त्यहाँबाट निस्कियो ।’

‘लिड्सले ८० मिनेटसम्म राम्रो खेलेको थियो । अन्तिम १० मिनेटमा भने लिभरपुलले निकै दबाब दियो र टोली गल्ति गर्न पुग्यो । हारका बाबजुद पनि लिड्सले राम्रो संकेत देखाएको छ । लिड्सले आजजस्तो खेलिरहन भने ठूलो टोलीको आवश्यकता पर्छ । लिभरपुलले उत्कृष्ट प्रदर्शन गर्न सकेन किनकि लिड्सले खेल्न दिएन । सामान्यतया लिभरपुलले चाहिं लिड्सजसरि विपक्षी टोलीलाई समस्या दिने गर्थ्यो ।’

यता लिड्सका प्रशिक्षक मार्सेलो बिएल्साले भने नतिजामा कुनै गुनासो गरेनन् । ‘ यो एउटा हार हो । लिभरपुलले हामीलाई कठिन समय दियो । विशेषगरि दोस्रो हाफमा हामीले डिफेन्सबाट आक्रमणसम्म बल लग्न सकेनौं । यो स्तरमा गल्ति गरेपछि गोल खानु नौलो होइन,’ उनले भने ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.