5 years ago
September 13, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब एभर्टनमा यो सिजन आबद्ध भएका हामेस रोड्रिग्वेजले आइतबार प्रिमियर लिगमा ‘डेब्यू’ गर्ने सम्भावना छ । हामेस यो सिजन रियल म्याड्रिडबाट एभर्टन पुगेका थिए ।

एभर्टनले प्रिमियर लिगमा आइतबार राती टोटेनहमसँग खेल्दै सिजनको सुरुवात गर्दैछ । टोटेनहमको मैदानमा खेल नेपाली समय अनुसार ९ः१५ बजे सुरु हुनेछ । विश्व फुटबलका दिग्गज प्रशिक्षकका रुपमा रहेका जोसे मोउरिन्हो र कार्लो एन्चेलोटि विजयी सुरुवात गर्ने लक्ष्यसाथ मैदान उत्रनेछन् ।
‘हामेसले यो साता पुरा अभ्यासमा भाग लिएका छन् । उनी फिट छन् । अब सुरुवाती रोजाईमा खेल्छन् वा बेन्चबाट आउँछन् भन्ने यकिन गरेको छैन । उनी खेल्न भने तयार छन्’, शनिबार एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले भनेका थिए । हामेससँगै यो सिजन आलान र अब्डुलाय डुकुरे एभर्टनमा आबद्ध भएका थिए ।
‘तीनै जनाले पुरा साताभर अभ्यास गरेका छन् । उनीहरु खेल्नका लागि उपलब्ध छन्,’ क्बलमा आबद्ध ३ खेलाडीका बारेमा भने, ‘आलान र डुकुरे दुवै नियमित रुपमा क्लबसँग प्रशिक्षणमा थिए । दुवै पूर्ण रुपमा फिट छन् । शारीरिक रुपमा दुवै राम्रो स्तरमा देखिएका छन् । ‘
एन्सेलोटीले प्रशिक्षण दिएको तेस्रो क्लबमा हामेस डेब्यूको तयारीमा रहेका छन् । यसअघि उनले एन्सेलोटीको नेतृत्वमा रियल र बायर्न म्युनिखबाट डेब्यू गरेका थिए । दुवै क्लबका एन्चेलोटिको योजनामा रहेका हामेस पछिल्लो समय रियलमा खेल्ने अवसर नपाउँदा प्रशिक्षणमा पनि सामेल भएका थिएनन् ।
प्रिमियर लिगमा आइतबारको खेल :
वेस्ट ब्रुमविच एलबियनविरुद्ध लेस्टर सिटी – साँझ ६ः४५ बजे
टोटेनहम हट्सपरविरुद्ध एभर्टन – राती ९ः१५ बजे
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]