default_image

5 years ago

September 13, 2020

टोटेनहमलाई एभर्टनको चुनौती

152 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति पहिलो राउन्डको दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । वेस्ट ब्रुमले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दा टोटेनहमले घरेलु मैदानमा एभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

वेस्ट ब्रुम र लेस्टर सिटीबीचको खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे तथा टोटेनहम र एभर्टनबीचको खेल राति ९ः१५ बजे टोटेनहम हस्टपुर स्टेडियममा हुनेछ । घरेलु मैदानमा टोटनहम सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

ह्यारी केनको कप्तानीमा मैदान उत्रने टोटनहममा ह्युङ मिन सन, डेल अली, स्टेभेन बर्गवाइन, मोउसा सिसोको, माट डोहर्टि, इरिक डाएर, बिन डेभिस, सर्ज औरिएर, जियोभानी लो सेल्सो, लुकास मौउरा र गोलरक्षकमा ह्युगो लोरिस छन् ।

यता, एभर्टन पनि अवे मैदानमा टोटेनहममाथि जित निकाल्दै सुखद सुरुवात गर्ने दाउमा हुनेछ । कार्लाे एन्सेलोटीको प्रशिक्षणमा रहेको एभर्टनका लागि भर्खरै स्पनिस क्लब रियल म्याड्रिडबाट अनुबन्ध भएका मिडफिल्डर हामेस रोड्रिग्वेजले खेल्ने सम्भावना छ ।

यसबाहेक एभर्टनसँग इंग्ल्यान्डका पहिलो रोजाईका गोलरक्षक जोर्डन पिकफोर्ड, लुकास डिग्ने, रिचार्लीसन, डोमिनिक काल्भर्ट लेविन, थियो वाल्कट, गिल्फी सिगुर्डसन, एलान, यारी मिना र माइकल किनजस्ता खेलाडी रहेका छन् ।

सन्तुलित टोली रहेको दुई टिमबीचको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । गत सिजनको प्रिमियर लिगमा एक खेल टोटेनहमले १–० ले आफ्नो पक्षमा पार्दा अर्काे खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।

यि दुई टोलीबीचको पछिल्लो २० खेलको नतिजा हेर्दा टोटेनहम नै हावी छ । टोटेनहमले ९ खेल आफ्नो पक्षमा पार्दा एभर्टनले ३ खेल मात्रै जितेको छ । ८ खेल बराबरीमा सकिएको छ । एभर्टले २०१२ को प्रिमियर लिगमा २–१ को जित निकाले यता टोटेनहममाथि जित निकाल्न सकेको छैन ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.