5 years ago
September 13, 2020
एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले नयाँ यात्राका विषयमा समय समयमा चर्चा गर्ने गरेका छन् ।

केहि समयअघि पिएसजीका प्रतिनिधिसँगको भेटमा एमबाप्पलेले नयाँ सम्झौताका लागि भने अहिले इच्छा नरहेको प्रष्ट पारेका थिए । तर, उनले यो सिजन पिएसजीबाट रहने अघिल्लो सिजनमै प्रष्ट पारेका थिए । सबैलाई थाहा छ, एमबाप्पे रियल म्याड्रिडप्रति सकारात्मक छन् । उनले रियलबाट खेल्ने सपना रहेको विगतमा पनि बताइएको छन् ।
रियल र उनकाबीचमा राम्रो सम्बन्ध रहेको बताइन्छ । भविष्यमा सहकार्यहरुमा पनि दुवै पक्ष आशावादी रहेका छन् । यद्दपी म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेडल बार्सिलोनाले पनि उनीमाथि चासो भने देखाइरहेका छन । अर्को सिजन बार्सिलोनाका सुपर स्टार लिओसनल मेस्सीले क्लब छाड्ने लगभग निश्चित भएकाले पनि एमबाप्पलेलाई विकल्पको रुपमा हेरिएको छ ।
कोरोना पोजेटिभ देखिएपछि आइसोलेसनमा रहेका एमबाप्पेले आइतबार लिग वनमा मार्सेविरुद्धको खेल खेल्ने छैनन् । उनले जुलाईमै यो सिजन भने पिएसजीमा रहने पक्का गरेका थिए । अर्को वर्ष भने उनले नयाँ यात्रा तय गर्ने जानकारी क्लबलाई दिएका छन् ।
एमबाप्पेले नयाँ सम्झौता नगरेपछि रियल बढी आशावादी देखिएको थियो । एमबाप्पेले अब बोर्डलाई आफू अर्को सिजन नरहने बताएपछि रियलको सम्भावना अझ बढेको छ । उपयुक्त समयमा रियलले पिएसजीसँग प्रस्ताव राख्ने उपेक्षा गरिएको छ । एमबाप्पेको पिएसजीसँगको सम्झौता २०२२ जुन ३० सम्म रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]