5 years ago
September 13, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तेस्रो श्रेणीको क्लब नोभारामाथि ५-० को फराकिलो जित दर्ता गरेको छ ।

प्रशिक्षक आन्द्रीए पिर्लोले आफ्नो पहिलो खेलमा बलियो सुरुवाती टोली मैदान उतारेका थिए । युभेन्टसका लागि वेस्टन मकेनी र डेजान कुलुसेभ्सकीले डेब्यु गर्दा क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईमा खेलेका थिए । रोनाल्डोले खेलको २० औं मिनेटमा कुलुसेभ्सकीसँग १-२ पास खेल्दै पहिलो टचमा प्रहार गर्दै गोल गरेका थिए ।
पहिलो हाफमा १-० को अग्रता लिएको युभेन्टसले दोस्रो हाफमा केहि खेलाडी परिवर्तन गर्यो । यसै सिजन बार्सिलोना छोडेर युभेन्टस आएका मिडफिल्डर आर्थरले एड्रीएन राबीओटको स्थान लिए । रोनाल्डोको स्थानमा मैदान छिरेका डग्लस कोस्टाले युभेन्टसको दोस्रो गोलमा असिस्ट दिए । उनले ५६ औं मिनेटमा दिएको पासलाई आरोन रामजीले गोल गरेका थिए ।
६६ औं मिनेटमा मार्को प्याचाले गोल गर्दै ३-० को अग्रता दिलाए । इन्ज्युरी समयमा दुई मिनेटको अन्तरमा मानोलो पोर्टानाभाले दुई गोल गर्दै फराकिलो जित दिलाए ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]