5 years ago
September 13, 2020
एजेन्सी – फरवार्ड जेमी भार्डीले पेनाल्टीमार्फत दुई गोल गरेपछि लेस्टर सिटीले प्रिमियर लिगको पहिलो खेलमा नवप्रवेशी वेस्ट ब्रोमविच आल्बियनलाई ३-० ले पराजित गरेको छ ।

पहिलो हाफमा गोलरहित बराबरी रहेको खेलको दोस्रो हाफमा लेस्टरले तीन गोल गरेको थियो । लेस्टरका लागि डेब्यु गरिरहेका तिमोथी कास्टानेले सुरुवाती अग्रता दिलाए । डेनिस प्राएटको क्रसमा कास्टानेको हेडरलाई गोलरक्षक स्याम जोन्सटनले बचाउन सकेनन् । त्यसअघि जोन्सटनले केहि सुन्दर बचाउ गर्दा लेस्टर अग्रता लिनबाट चुकेको थियो ।
खेलको ७४ औं मिनेटमा लेस्टरले पेनाल्टी प्राप्त गर्यो । काइल बार्टलीले पेनाल्टी क्षेत्रभित्र हार्भी बार्न्सलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । भार्डीले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै अग्रता दोब्बर पारे । त्यसको दश मिनेटपछि नै लेस्टरले दोस्रो पेनाल्टी पायो । पुन: एकपटक बार्न्सलाई रोक्ने क्रममा डारा ओसेले फल गरेपछि रेफ्रीले पेनाल्टी दिए । भार्डीले दोस्रो पेनाल्टीमा पनि गोल गर्न सफल रहे ।
खेलपछि बोल्दै फरवार्ड भार्डीले पछिल्लो सिजनको अन्त्य बिर्साउन यसले सहयोग गर्ने बताए । ‘ अघिल्लो सिजनको अन्त्य निकै नराम्रो रहयो । त्यसैले पनि यो सुरुवात हामीलाई आवश्यक थियो । यो तीन अंक निकै महत्त्वपूर्ण छ,’ उनले भने ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]