5 years ago
September 13, 2020
एजेन्सी – डोमिनिक काल्भर्ट लेविनको निर्णायक गोलको मदतले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा एभर्टनले टोटेनहम हट्स्परलाई १-० ले पराजित गरेको छ ।

टोटेनहमको घरेलु मैदानमा काल्भर्ट लेविनले खेलको ५५ औं मिनेटमा खेलको एकमात्र गोल गरेका थिए । लुकास डीनेको फ्रिकिकमा उनले गरेको हेडर गोलमा परिणत भएको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले आफ्ना नयाँ खेलाडीलाई डेब्यु दिएका थिए । एभर्टनका लागि ३ खेलाडी पहिलो पटक उत्रँदा टोटेनहमले २ खेलाडीलाई डेब्यु गरायो ।
एभर्टनका लागि मिडफिल्डत्रय हामेस रोड्रीग्वेज, अब्दुलाए डुकुरे र अलानले डेब्यु गरेका थिए । तीनै खेलाडीले प्रभावशाली प्रदर्शन गर्दा टोटेनहमका लागि भने डेब्यु गरेका खेलाडीको प्रदर्शन औसत रहयो । डिफेन्डर म्याट डोहर्टि पूरा समय मैदानमा टिक्न सकेनन् भने मिडफिल्डर पिएर एमिल होएबिएरले मध्यम प्रदर्शन गरे ।
एभर्टनले पहिलो हाफमा तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल गर्न सकेन । फरवार्ड रिचारलीसनले पहिलो हाफको मध्यतिर गोलरक्षक समेत बिट गरेको अवस्थामा बललाई खाली पोस्टमाथि प्रहार गर्दा एभर्टन अग्रता लिनबाट चुकेको थियो । हामेसले पनि पोस्टतर्फ गरेको प्रहार बाहिरिएको थियो ।

एभर्टनका गोलरक्षक जोर्डन पिकफर्डले पहिलो हाफमा डेले अली र म्याट डोहर्टिको प्रहार विफल पार्दै खेल गोलरहित बराबरीमा नै राखेका थिए । दोस्रो हाफमा सेटपिसमा गोल निस्केपछि एभर्टनले रक्षात्मक रणनीति अपनायो । कार्लो एन्चेलटिको नेतृत्वमा रहेको एभर्टनले टोटेनहमको आक्रमणलाई विफल पार्दै जित पक्का गर्यो ।
यता जोसे मोउरिन्होको टोटेनहम भने घरेलु मैदानमा हारसँगै सिजनको सुरुवात गर्न बाध्य भयो । टोलीले अब यसै साता युरोपा लिगको प्लेअफमा पनि खेल्ने कार्यक्रम रहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]