5 years ago
September 14, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले नयाँ सिजनको फ्रेन्च लिग वानमा लगातार दोस्रो हार बेहोरेको छ । खेलको अन्त्यतिर निकै तनावपुर्ण बनेको खेलमा पीएसजी घरेलु मैदानमै मार्सेलीसँग १–० ले पराजित भएको हो ।

पीएसजी यसअघि पहिलो खेलमा लेन्ससँग पनि १–० ले नै पराजित भएको थियो । कोरोना संक्रमणका कारण पहिलो रोजाईका ५ खेलाडी टोलीमा नहुदा पीएसजीले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन । मार्सेलीविरुद्ध कोरोना संक्रमणमुक्त भएका ब्राजिली स्टार नेयमार र एन्जल डि मारियालाई उतारेपनि टोलीले हार टार्न सकेन ।

पार्क डि प्रिन्सेस स्टेडियममा आइतबार राति भएको खेलमा पीएसजीलाई पराजित गर्न मार्सेलीका फ्लोरिएन थोउभिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ३१औं मिनेटमा डिमिट्री पाएटको पासमा गोल गरेका थिए ।
खेलको शुरुवातदेखि नै बल पोजेसनमा पकड बनाएपनि पीएसजीले खेलको ३१औं मिनेटमा गोल खान पुगेको थियो । ड्रिमिटी पाएटको उत्कृष्ट फ्रिकिकमा कसैको निगरानीमा नरहेका फ्लोरिएनले पोस्ट नजिकैबाट वान टचमा गोल गर्दै मार्सेलीलाई १–० को अग्रता दिलाएका थिए । अफसाइड रहेको भन्दै भिएआरमा हेरिएपनि उक्त गोलले मान्यता पाएको थियो ।

५६औं मिनेटमा नेयमारले मिलाइदिएको पासमा पाब्लो सारावियाको प्रहारलाई मार्सेलीका गोलरक्षक स्टिभ मानडान्डाले उत्कृष्ट बचाउ गर्दै बराबरी टारे । ५९औं मिनेटमा जुआन बर्नाटको पासमा नेयमारले गरेको प्रहारलाई मानडान्डाले अर्काे उत्कृष्ट बचाउ गर्दै मार्सेलीको अग्रता कायम राखे । ६८औं मिनेटमा बर्नाटबाट पाब्लो साराविया हुदै आएको पासमा नेयमारको सिक्स यार्डबाट प्रहार गर्न नसक्दा पीएसजी बराबरीबाट चुक्यो ।

७५औं मिनेटमा एलेसान्द्रो फ्लोरेन्जीको लामो क्रसमा बर्नाटले मिलाइदिएको पासमा नेयमारको प्रहार क्रसबारबाट थोरै बाहिरिदा पीएसजी चुकचुकायो । त्यसपछि पनि थप गोल निस्कन नसक्दा पीएसजी १–० ले पराजित हुन पुग्यो ।
इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा दुई टोलीका खेलाडी विवादमा उत्रिएपछि खेल केहीबेर रोकिन पुगेको थियो । खेलको अन्त्यतिर पीएसजीका तीन तथा मार्सेलीका दुई खेलाडीले रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

रेफ्रीले मार्सेलीका जोर्डन एमाभीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाए । त्यसपछि रेफ्रीले पीएसजीका लेभिन कुर्जावा, मार्सेलीका डारियो बेनेडेट्टो, पीएसजीका लियान्द्रो पाराडेस र नेयमारलाई रातो कार्ड देखाएका थिए ।
यो हारले पीएजसीले लिग वानको सुरुवाती दुई खेलमा अंक जोड्न नसक्दा मार्सेली लगातार दोस्रो जित निकाल्दै ६ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ ।

अन्य नतिजा
लिलविरुद्ध मेट्ज (१–०), एन्जर्सविरुद्ध रेइम्स (१–०), डिजोनविरुद्ध ब्रेस्ट (०–२), लोरिइन्टविरुद्ध लेन्स (२–३), निम्सविरुद्ध रेनिस (२–४), मोनाकोविरुद्ध नान्टेस (२–१)
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]