default_image

5 years ago

September 14, 2020

भालेहोको दुई गोलमा भ्यालेन्सियाको पूनरागमन जित

127 views

0 Bookmark

एजेन्सी – वैकल्पिक खेलाडी म्यानुयल भालेहोले दुई गोल गरेपछि स्पेनिस ला लिगामा भ्यालेन्सियाले लेभान्टेलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भ्यालेन्सियाले खेलमा दुईपटक पछि परेर पनि ४–२ को पूनरागमन जित निकालेको हो । घरेलु मैदानमा आइतबार राति भएको खेलमा भ्यालेन्सियाको जितमा थप दुई गोल ग्याब्रिल पौलिस्टा र म्याक्सिमिलियानो गोमेजले समान एक गोल गरे । लेभान्टेका जोसे लुइस मोरालेसले दुवै गोल गरेपनि हार टार्न सकेन ।

खेलको पहिलो मिनेटमा नै जोसे लुइस मोरालेसले गोल गर्दै लेभान्टेलाई सुरुवाती अग्रता दिलाएका थिए । १२औं मिनेटमा घरेलु टोलीले खेललाई १–१ गोलको बराबरीमा ल्याए । काङ इन लीको कर्नरमा ग्याब्रिल पौलिस्टाले हेडरमार्फत गोल गरेका थिए ।

१७औं मिनेटमा लेभान्टेका गोन्जालो मेलेरोले गोल गरेपनि भिएआरले मान्यता पाएन । ३६औं मिनेटमा जोसेले जर्ज मिरामोनको पासमा गोल गर्दै लेभान्टेलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । ३९औं मिनेटमा काङ इन लीकै पासमा म्याक्सिमिलियानो गोमेजले गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए ।

दोस्रो हाफमा सब्सिच्युट खेलाडी म्यानुयल भालेहो चम्किए । ७१औं मिनेटमा काङ इन लीको स्थानमा मैदान छिरेका म्यानुयल भालेहोले ७५औं मिनेटमा गोल गर्दै भ्यालेन्सियालाई ३–२ को अग्रता दिलाए । उनले डेनिस चेरेसेभको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा भालेहोले व्यक्तिगत दोस्रो गोल गर्दै भ्यालेन्सियालाई ४–२ को पूनरागमन जित दिलाए । जितसँगै भ्यालेन्सियाले ३ अंक जोडेको छ । लेभान्टे अंकविहीन छ ।

December 16, 2025

युनाइटेड र बर्नमाउथको‌ बराबरी

एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

Success

Thank you for your time.