5 years ago
September 14, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वल्भ्सका मुख्य प्रशिक्षक नुनो इस्पिरिटो सान्टोले क्लबसँग नयाँ सम्झौता गरेका छन् । पोर्चुगिज प्रशिक्षक सान्टोले वल्भ्ससँग थप तीन वर्ष क्लबमा रहने गरी सम्झौता गरेका छन् ।

नयाँ सम्झौतासँगै ४६ वषीसान्टो सन् २०२३ को सिजनको अन्त्यसम्म वल्भ्समा रहनेछन् । सान्टोले वल्भ्ससँगको सम्झौता एक वर्ष बाँकी रहदै नयाँ सम्झौता गरेका हुन् ।
वल्भ्स च्याम्पियनसिपमा रहदा सन् २०१७ मा सान्टो मुख्य प्रशिक्षक बनेका थिए । सान्टोकै नेतृत्वमा वल्भ्स प्रिमियर लिगमा बढुवा भएको थियो । पछिल्लो तीन वर्ष वल्भ्सले प्रिमियर लिग तथा युरोपा लिगमा समेत उच्च प्रदर्शन गरेको छ ।
सोही कारण पनि क्लब वल्भ्ससँग सम्झौता नविकरण गर्न सहमत भएको हो । वल्भ्स यो सिजन युरोपा लिगमा क्वाटरफाइनलसम्म तथा प्रिमियर लिगमा सातौं स्थान हासिल गरेको थियो ।
सम्झौता नविकरण भएसँगै प्रशिक्षक सान्टोले आफुलाई राम्रो लागेको र यसको लागि तयार रहेको बताएका छन् । ‘हामी कडा परिश्रम गर्दै अगाडि बढ्दै जाने हो । किनकि यो एक चक्र हो । यसअघि तपाईले के गर्नुभयो भन्ने कुराले फरक पार्दैन । हाम्रो अगाडि के छ भन्ने हो र यसबारे हामीले सोच्नुपर्दछ ।’ प्रशिक्षक सान्टोले भने ।
वल्भ्सले सोमबार सेफिल्ड युनाइटेडसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ । वल्भ्सले नयाँ सिजनका लागि क्लबको कीर्तिमानी मुल्य ३५ मिलियन पाउन्डमा पोर्चुगिज क्लब पोर्टाेका युवा फरवार्ड फावियो सिल्भा, डिफेन्डर मार्कल र मिडफिल्डर भिटिन्हालाई अनुबन्ध गरिसकेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]