5 years ago
September 14, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलका अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज अर्काे प्रिमियर लिग क्लब एस्टन भिल्लामा अनुबन्धित भएका छन् ।

भिल्लाले मार्टिनेजलाई पहिलो रोजाईमा खेलाउन विश्वस्त पार्दै ४ वर्षको लागि १५ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । २८ वर्षीय मार्टिनेजलाई अनुबन्ध गर्न अर्काे प्रिमियर लिग क्लब ब्राइटनले पनि प्रयास गरेको थियो । तर, उनले भिल्ला पार्क नै रोजे । उनले शनिबारै स्वास्थ्य परिक्षण गराईसकेका छन् ।
आर्सनलमा प्रशिक्षक मिकेल अर्टेटाको पहिलो रोजाईमा नपर्ने निश्चित भएपछि उनी नयाँ क्लबको खोजीमा थिए । उनी शनिबार फुलहमविरुद्धको खेलमा टोली बाहिर रहेका थिए । मार्टिनेजले अर्काे साता सेफिल्ड युनाइटेड खेल्ने सम्भावना छ । टोलीका गोलरक्षक टम हिटन चोटसँग जुधिरहेको र अर्का नियमित गोलरक्षक म्याट रायनले खेल्ने सम्भावना न्युन छ ।
भिल्लाले आक्रमणलाई बलियो बनाउन वेर्डर ब्रेमेनका मिलोट रसहिका र लियोनका बर्टरान्ड ट्राओरेलाई अनुबन्ध गर्ने प्रयास गरिरहेको छ । यस्तै भिल्लाले लिभरपुलका रिएन ब्रिउस्टेर र जोस किङलाई पनि अनुबन्ध गर्ने योजनामा छ । यि दुई खेलाडीलाई टोटेनहम र फुलहमले पनि अनुबन्ध गर्ने प्रयास गरिरहेको छ ।
December 16, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड र एएफसी बर्नमाउथबीच ओल्ड ट्राफोर्डमा भएको खेल ४–४ को रोमाञ्चक बराबरीमा सकिएको छ। खेलमा दुबै टोलीका गरेर ८ फरक खेलाडीले गोल गरे। पहिलो हाफमा युनाइटेडले दुई पटक अग्रता लियो। अमाडले १३ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अघि बढाए। बर्नमाउथका एन्टोइन सेमेन्योले ४० औं मिनेटमा बराबरी गोल फर्काए। कासेमिरोले पहिलो हाफको इन्जुरी […]
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]